१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

परिवर्तनकारी शक्तिहरुबीच वृहत मोर्चा आवश्यकः देव गुरुङ



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले परितर्वनकारी शक्तिहरु मिल्नुको विकल्प नभएको बताएका छन् । उनले पछिल्लो समय साम्राज्यवादी देशहरुले युद्ध र समाजवादी देशहरुले शान्तिको नीति अख्तियार गरेको बताए ।

“विश्व एक ध्रुबबाट दुई ध्रुबमा विभाजित हुन पुगेको छ । साम्राज्यवादी शक्ति तथा देशहरुले युद्धको नीति अख्तियार गरेका छन् भने सामाजवादी देशहरु शान्तिको । परिवर्तनकारी शक्तिहरुबीच वृहत मोर्चाबन्दी आवश्यक भएको छ । अहिलेको आवश्यकता कम्युनिस्टहरुबीच एकता हो” गुरुङले भने ।

नेपाल जुछे विचार प्रतिस्ठानले सोमबार संवाद डबलीमा कोरियाको ७० औं विजय दिवसको वार्षिकोत्सवमा आयोजना गरेको कार्यक्रममा बोल्दै गुरुङले प्रजातान्त्रिक जनवादी कोरिया उत्पीडित राष्ट्रको लागि प्रेरणा बनेको बताए ।

अहिलेको विश्वको प्रमुख अन्तरविरोध उत्पीडित राष्ट्र र साम्राज्यवादबीच भएको बताउँदै गुरुङले जनतालाई सर्वेसर्वा भन्ने किम इल सुङको जुछे विचार वैज्ञानिक भएको बताए । उत्पीडित राष्ट्र र जनताले साम्राज्यवादी शक्तिहरुसँग लड्न जुछे विचार आत्मसात गर्न आवश्यक रहेको गुरुङले बताए । देश स्वाधिन र आत्मनिर्भर हुन कोरियाबाट सिक्नुपर्ने समेत उनले बताए ।

कार्यक्रममा नेपालको लागि प्रजातन्त्रिक जनगणतन्त्र कोरियाका राजदूत जो योङ मानले जनताको शक्तिकै आधारमा आफ्नो देश विजयी भएको बताए । मानले आफ्नो देश जनतासँग एकाकार भएर अगाडि बढेको बताउँदै जनताको शक्तिले नै कोरिया विदेशी हस्तक्षेबाट मुक्त भएर प्रगतिमा अगाडि बढेको बताए ।

माओवादी केन्द्रका युवा नेता रामदीप आचार्यले जनता एकजुट भए ठूला विजय प्राप्त हुने र देश आत्मनिर्भर हुन्छन् भन्ने कुरा कोरियालीबाट सिक्नुपर्ने बताए । उत्पीडित र बाह्य हस्तक्षेपबाट मुक्त हुन कोरियाली जनताको संघर्ष प्रेरणादायी भएको बताए ।

कार्यक्रममा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)का अध्यक्ष चित्रबहादुर श्रेष्ठ, अखिल नेपाल किसान महासंघका अध्यक्ष बलराम बास्कोटा, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) का अध्यक्ष सिताराम तामाङ, अखिल नेपाल किसान युनियनका इन्चार्ज लोकनारायण सुवेदी, किसान नेता दुर्गाप्रसाद जैसी, बलराम बास्कोटालगायतको उपस्थिति रहेको थियो ।

 

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलबार  ४ : ०६ बजे

नेपालगन्ज भन्सारबाट तीन महिनामा पाँच अर्ब २४ करोड राजस्व, लक्ष्य हासिल गर्न असफल

नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन

नेपालको पर्यटन विश्वमाझ पु¥याउन ‘टिकटक’सँग पर्यटन बोर्डको सहकार्य

काठमाडौँ । नेपालका पर्यटकीय गन्तव्यलाई अन्तरराष्ट्रिय सामाजिक सञ्जाललागतय विद्युतीय माध्यमबाट

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक

सिक्टा सिँचाइ आयोजनाद्वारा उपभोक्ता किसानको लगत सङ्कलन

नेपालगन्ज । निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले सिञ्चित क्षेत्रका

अम्बे स्टिल कम्पनीमा पुनः आगलागी, ८ मजदुर घाइते, २ जनाको अवस्था गम्भीर

नेपालगन्ज । अघिल्लो पटक आगलागी भएको १० औ दिनमा बाँकेको