२७ कार्तिक २०८२, बिहिबार | November 13, 2025

देशलाई अस्थिरतातर्फ धकेल्ने षडयन्त्र भइरहेको छ : देव गुरुङ



गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देव गुरुङले देशलाई अस्थिरतातर्फ धकेल्ने षडयन्त्र भइरहेको बताएका छन् ।

तमु मुक्तिमोर्चा गोरखाको छैटौं जिल्ला सम्मेलनको उद्घाटन गर्दै गुरुङले देशमा राजतन्त्र फर्काउने बाहानामा चलखेल र षडयन्त्र भइरहेको बताए । “प्रतिगामी शक्तिहरूले उचाल्ने, पर्छाने र राष्ट्रिय राजनीतिमा अस्थिरता सृजना गर्न खोजिरहेका छन् । अब देशमा गणतन्त्रको विकल्प छैन”, महासचिव गुरुङले भने, “यो अवस्थालाई ध्यानमा राखेर प्रतिगमनको विरोध र भण्डाफोर गर्नुपर्छ ।’’

उनले कुनै सरकार वा व्यक्ति असफल भएमा त्यसको विकल्प अर्को पार्टी र व्यक्ति हुने भन्दै राजसंस्था कुनै पनि अवस्थामा विकल्प हुने नसक्ने धारणा राखे । मुलुकको परिवर्तनका लागि माओवादीले सबैलाई गोलबन्द गरेर अगाडि बढ्नुपर्ने भन्दै महासचिव गुरुङले फेरि माओवादीले अभिभावकीय भूमिका लिनुपर्ने अवस्था आएको बताए। “सबै दललाई कुनै न कुनै ढङ्गले सहमति र सहकार्यमा ल्याएर राष्ट्रिय एकता कायम गर्दै एकाधिकार, दलाल पुँजीवादी प्रभुत्वलाई सदाका लागि विस्थापित गर्नुपर्ने बेला आएको छ । त्यो वातावरण बन्दैछ”, उनले भने ।

प्रकाशित मिति : ९ चैत्र २०८१, शनिबार  ८ : ०१ बजे

जेनजी आन्दोलन : तोडफोड र आगजनीको अभियोगमा पाँच जना पक्राउ

बागमती । जेनजी आन्दोलनका क्रममा हेटौँडामा तोडफोड र आगजनीमा संलग्न

उपराष्ट्रपति यादव कोरियाको राष्ट्रिय दिवस स्वागत समारोहमा सहभागी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव गणतन्त्र कोरियाको राष्ट्रिय दिवसका अवसरमा

धार्मिक आस्थाको केन्द्र हडियाबाबा आश्रम

राँझा । नेपालगञ्ज उपमहानगरपालिका-६ फुल्टेक्रास्थित श्री १००८ हडियाबाबा आश्रम धार्मिक

‘सुम्निमा’ मा नवअभिनेत्री सोल गुरुङ

काठमाडौं । निर्देशक मिलन चाम्सको नयाँ चलचित्र ‘सुम्निमा’ मार्फत नवअभिनेत्री

नयाँ मतदातामा निर्वाचनको उत्साह

बैतडी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका