२१ बैशाख २०८३, सोमबार | May 4, 2026

प्रधानमन्त्री देउवा र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता



काठमाडौं । भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको परिणाम आइरहेको र नयाँ सरकार गठनबारे चासो बढिरहेका बेला प्रधानमन्त्री देउवा र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार अरुण सुवेदीले जानकारी दिए ।

भेटमा भारतीय राजदूत श्रीवास्तवले समसामयिक राजनीतिक विषयमा चासो राखेका थिए ।

राजदूत श्रीवास्तवले आगामी सरकार निर्माण र सत्ता समीकरणबारे चासो राखेकोमा प्रधानमन्त्री देउवाले सबै परिणाम नआइसकेकाले अहिले नै त्यसबारे छलफल नभएको बताएका थिए ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ७ : २५ बजे

उपल्लो मुस्ताङमा देखिए जङ्गली गधा

मुस्ताङ । नेपाल-चीन उत्तरी सीमाक्षेत्रअन्तर्गत उपल्लो मुस्ताङको लोमान्थाङ-१ ढालुङ र

मन्त्रिपरिषद् बैठक आज : मन्त्रालय मर्ज र खारेजको खाका पेश हुने

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बिहान साढे १० बजे बस्दैछ

बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरमा हजारौँ वर्षदेखि वैशाख पूर्णिमाको अवसरमा

बुटवलमा स्वच्छ व्यवसाय र स्वस्थ बजारबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न

बुटवल । उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीको आयोजनामा बुटवलमा स्वच्छ

लिपुलेकबारे भारतको अडान : नेपालको दाबी अस्वीकार, वार्तामार्फत समाधानको प्रस्ताव

नयाँ दिल्ली । भारतले लिपुलेक पासलाई कैलाश मानसरोवर यात्राको ऐतिहासिक