४ पुस २०८२, शुक्रबार | December 20, 2025

सर्लाही-२ बाट माओवादीका महेन्द्र राय यादव विजयी



सर्लाही । सर्लाहीको क्षेत्र नं २ बाट नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह हँसिया हथौडाबाट चुनाव लडेका नेपाल समाजवादी पार्टीका महेन्द्र राय प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

यादवले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्मेदवार राजेन्द्र महतोलाई २ हजार १३ मतान्तरले पराजित गर्दै जित निकालेका मुख्य निर्वाचन अधिकृतको कार्यालय सर्लाहीले जनाएको छ ।

वाम–लोकतान्त्रिक गठबन्धनबाट साझा उम्मेदवार बनेका नेपाल समाजवादी पार्टी रायले २३ हजार ५२९ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी लोसपाका महतोले २१ हजार ५१६ मत पाउका मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले जानकारी दिए ।

उनका अनुसार विजयी भएका राय विसं २०७४ को निर्वाचनमा पनि यसै क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । लोसपाका महतो विसं २०७४ मा धनुषा क्षेत्र नं ३ बाट निर्वाचित भएका थिए। यता वाम–लोकतान्त्रिक गठबन्धनका राय सर्लाही क्षेत्र नं २ बाटै २०७४ मा पनि निर्वाचित भएका थिए ।

त्यसैगरी सर्लाही–२ प्रदेशसभा (२)बाट नेपाली कांग्रेसका कौशल किशोर यादव प्रदेशसभा सदस्यमा विजयी भएका छन् । उनले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्मेदवार मेभुर चौधरीलाई एक सय ७९ मतान्तरले पराजित गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएका मुख्य निर्वाचन अधिकृतको कार्यालय सर्लाहीले जनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार यादवले नौ हजार ६२६ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी लोसपाका चौधरीले नौ हजार ४४७ मत पाएका छन् ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ७ : ५१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको