२८ भदौ २०८३, आइतबार | September 13, 2026

गुल्मीमा धान उत्पादनमा कमी आयो


११ मंसिर २०७९, आइतबार  

247
Shares

गुल्मी । गुल्मीमा यस पटक धान उत्पादनमा कमी आएको छ । गत वर्ष जिल्लामा २७ हजार आठ सय सात मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष २३ हजार सात सय १८ मेट्रिक टनमात्र उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

सुरुमा खडेरी परेको, फूल खेल्ने बेलामा पानी र हावा लागेको कारण धेरै पोकटो भएको पाइएको छ । धान पाक्ने बेलामा पनि पानी पर्दा धान झरेको कारण यस वर्ष धानखेतीमा कमी आएको केन्द्रका प्रमुख एवं वरिष्ठ कृषि विकास अधिकृत नवराज भण्डारीले जानकारी दिएका छन । गत वर्षभन्दा यस वर्ष वर्षे धान उत्पादनमा १४ प्रतिशतले कमी आएको उनले बताए ।

जिल्लामा चैते धान तीन सय ४१ हेक्टरमा र वर्षे धान आठ हजार छ सय ७० हेक्टरमा गरी कुल नौ हजार ११ हेक्टर क्षेत्रफलमा धानखेती गरिँदै आएको छ । गत वर्ष चैते र वर्षे गरी २७ हजार आठ सय सात मेट्रिक टन धान उत्पादन भएको थियो । यो वर्ष उत्पादन घटेर २३ हजार सात सय १८ मेट्रिक टन उत्पादन भएको बताइएको छ ।

जिल्लामा सबैभन्दा बढी धानखेती हुने फाँटमा इस्माको चौरासी, सत्यवतीको जोहा, कालीगण्डकीको अर्वेनी, कनौटा, छापचौर, सत्यवतीको जुहाङ्ग खैरेनी, अस्लेवा, चन्द्रकोट गाउँपालिकाको मजुवा, रुपाकोटलगायतका स्थान रहेका छन् । त्यसैगरी मुसिकोट नगरपालिकाको तल्लाफाँट, इन्द्रेगौडा, बडिघाट खोलाको आसपासका क्षेत्र, मालिका गाउँपालिकाको सिमलटारी, फूलबारी, मदाने गाउँपालिकाको सिर्सेनी, धुर्कोट गाउँपालिकाको पनाहाखोला र छल्दी खोलाका फाँट, गुल्मी दरबारको गरमटारी, खज्याङ्ग र घोडाहा फाँट, छत्रकोटको खज्र्याङ्ग, मनबाग, उल्लीखोला, टाहाटिमलगायतका स्थानमा धेरै मात्रमा धानको उत्पादन हुने गरेको केन्द्रका सूचना अधिकारी युवराज ढकालले जानकारी दिएका छन ।

मसिना बास्नादार चामलको उपयोगमा वृद्धि तथा आयातित चामलको गुणस्तर एवं मूल्यमा स्वदेशी र स्थानीय धानले प्रतिस्पर्धा गर्न नसक्दा धानको आयात बढिरहेको छ । गुल्मीमा गत वर्ष रु पाँच करोड बराबरको चामल आयात भएको थियो । एक जनाले सरदर बर्सेनि एक सय ३८ केजी चामल खपत गर्दा कम्तीमा ३४ हजार पाँच सय मेट्रिक टन चामल आवश्यक रहेको कृषि ज्ञान केन्द्रका प्रमुख भण्डारीले बताए । जिल्लामा हंशराज, आँपझोते, झोप्री, काठे, झिनुवा, सानोभट्टे, ठूलोभट्टे, कोदे, बडियारे, थापचिनी, गुडुरो, रातो मार्सी, मार्सी जातका धान उत्पादन हुँदै आएको छ ।

उन्नत र हाइब्रिड जातका धानभन्दा स्थानीय जातको धान उत्पादन कृषकको रोजाइमा पर्ने गरेको छ । स्थानीय धानको भात खाँदा भोक नलाग्ने र कतिपय बास्नादार पनि हुने हुँदा यहाँका किसान आफैँले यी बीउलाई निरन्तरता दिइरहेका छन् । सो केन्द्रले स्थानीय बीउ संरक्षण गर्नाका लागि आवश्यक पर्दा किसानलाई बीउसमेत वितरण गर्दै आएको छ ।

 

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  ८ : १६ बजे

बाँकेमा दुई हजार आठ सय बढी नयाँ रोजगारी सिर्जना

नेपालगन्ज । जिल्लामा गत आर्थिक वर्षमा दर्ता भएका नयाँ घरेलु

ठूला ढुङ्गा पन्छाएर तुइनखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै

नारायणगढ । नारायणगढ(मुग्लिन सडकखण्डअन्तर्गत तुइनखोलामा पहिरो खस्ने क्रम नरोकिएपछि विशेष

९९औँ ओस्कार अवार्डमा नेपालबाट ‘तिनीहरू – एलिफेन्ट्स इन द फग’ छनोट

काठमाडौं । सन् २०२७ मा घोषणा हुने ९९औँ एकेडेमी अवार्ड

तेह्रौँ बेइजिङ स्याङसङ फोरममा सहभागी हुन प्रधानसेनापति चीन प्रस्थान

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देल बेइजिङमा आयोजना हुने ‘तेह्रौँ

ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव

नयाँ दिल्ली । चिनियाँ राष्ट्रपति सी जिनपिङले कृत्रिम बुद्धिमत्ता (एआई),