७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

बैंक प्राप्त गरेको साढे तीन महिनापछि क्यापिटल पनि गाभ्दै नबिल



काठमाडौं । नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्त (एक्विजिसन) गरेर एकीकृत कारोबार गरेको झन्डै साढे तीन महिनापछि यसले दुई बैंकका सहायक कम्पनीहरू पनि गाभिने भएका छन् ।

नबिल इन्भेष्टमेन्ट बैंकिङ र नेपाल बंगलादेश क्यापिटलले यसलाई अन्तिम रुप दिन विशेष साधारणसभा बोलाएको छ । मंसिर २ गत बसेको सञ्चालक समितिले यहीँ मंसिर १८ गते बस्ने गरि विशेष साधारणसभा डाकेको हो । सञ्चालक समितिको प्रस्तावअनुसार सेयर आदानप्रदान अनुपात (सेयर स्वाप रेसियो) १:०.२७ को आधारमा गाभ्ने छ ।

नबिल इन्भेष्टमेन्ट बैंकिङले एनबी क्यापिटललाई प्राप्त गर्ने सम्बन्धमा कम्पनीको सञ्‍चालक समिति एवं संयुक्त मर्जर समितिद्वारा नियुक्त, दायित्व तथा कारोबारको मूल्यांकनकर्ता, लेखापरीक्षकको नियुक्ति तथा भुक्तानी, सम्पत्ति तथा दायित्व मूल्यांकन प्रतिवेदन तथा अन्तिम सम्झौतापत्रलगायतका सबै कामलाई अनुमोदन गर्न विशेष साधारणसभा बोलाइएको बैंकले जानकारी दिएको छ । मर्जरको लागि नेपाल बंगलादेश क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङले एकै दिन छुट्टाछुट्टैरुपमा बिशेष साधारण सभाको आब्हान गरेको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  ८ : ४७ बजे

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल

अस्ट्रेलियामा पुरुष हिंसाको सङ्कट छ- महान्यायाधिवक्ता

क्यानबेरा । अस्ट्रेलियाका महान्यायाधिवक्ता मार्क ड्रेफसलले मुलुक पुरुष हिंसाको सङ्कटमा