२१ भदौ २०८३, आइतबार | September 6, 2026

आफूमाथि गोली प्रहार भएपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिए खान



इस्लामाबाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आफूमाथि गोली प्रहार भएको तीन सातापछि पहिलो पटक सार्वजनिक कार्यक्रममा आफ्ना समर्थकहरुलाई सम्बोधन गरेका छन् । पूर्वक्रिकेटरसमेत रहेका खानले आफ्ना समर्थकहरूलाई मृत्युको डर बिना बाँच्न आग्रह गरे । नोभम्बरको पहिलो साता भएको हमलामा एक जनाको मृत्यु भएको थियो र अन्य धेरै घाइते भएका थिए ।

पूर्वप्रधानमन्त्रीको दाहिने खुट्टामा चोट लागेको थियो र उनको शल्यक्रिया गरिएको थियो । उनले वर्तमान सरकारका सदस्यहरूलाई वजिराबादमा आक्रमणको योजना बनाएको आरोप लगाएका छन् ।

रावलपिंडीमा भएको ¥यालीमा खानका समर्थकहरू हर्षोल्लासमा उत्रिएका थिए । खान भने केही समय ढिलो कार्यक्रममा उपस्थित भएका थिए ।
‘तीन अपराधी’ले  आफूमाथि अर्को हत्या प्रयास गरेको उनले बताए ।

आफ्नो भाषणको क्रममा खानले आफ्नो प्रधानमन्त्रीको समयमा भ्रष्टाचार नियन्त्रणमा असफल भएको स्वीकार गरे ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  ९ : ०३ बजे

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका

युद्धले बिजुली प्रणाली ध्वस्त पारेपछि सौर्य ऊर्जातर्फ मोडिँदै सुडानी

ओम्दुरमान । युद्धका कारण सुडानको विद्युत प्रणाली जर्जर बन्दै गएपछि

देवीघाटमा एक्रोब्रिज जडान गर्दै नेपाली सेना

काठमाडौं । भदौ १० गते आएको बाढीले त्रिशूली नदीमा रहेका

भोटेकोशी बाढी : त्रिवि शिक्षण अस्पतालमा २४४ शव ल्याइयो, १६१ को अस्थायी व्यवस्थापन

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा