७ आश्विन २०८३, बुधबार | September 23, 2026

देउवाका ६ मन्त्री पराजित, रास्वपासंग मात्र तीनजना मन्त्री हारे



काठमाडौं । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम अन्त्यतिर पुगेको छ । अहिलेसम्म अहिलेसम्म एक सय ५६ निर्वाचन क्षेत्रको परिणाम आइसकेको छ । अब नौ क्षेत्रको आउन बाँकी छ ।

हालसम्म सार्वजनिक भएको नतिजाअनुसार बहालवाला ६ मन्त्रीले चुनाव हारेका छन् । जसमा शक्तिशाली गृहमन्त्री पनि पर्छन् । निर्वाचन हार्नेमा गृहमन्त्री बालकृष्ण खाण, खानेपानीमन्त्री उमाकान्त चौधरी, ऊर्जामन्त्री पम्फा भुसाल, पर्यटनमन्त्री जीवनराम श्रेष्ठ, युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज र राज्यमन्त्री उमेश श्रेष्ठ छन् । यो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका तीन उम्मेदवारले सरकारका तीन मन्त्रीलाई पराजित गरेका छन् ।

रुपन्देही ३ मा गृहमन्त्री खाणलाई हराउँदै राप्रपाका दीपक बोहरा निर्वाचित भएका छन्। बोहराले ३६ हजार ६४८ मत ल्याउँदा खाणले ३४ हजार चार मतमा सीमित भए । सत्तागठबन्धनका उम्मेदवार खाणलाई एमालेको सहयोगमा राप्रपाका दीपक बोहराले हराए ।

माओवादी केन्द्रकी नेतृ एवं ऊर्जामन्त्री पम्फा भुसाललाई ललितपुर ३ बाट डा.तोसिमा कार्कीले पराजित गरिन् । कार्की राष्ट्रिय स्वतन्त्र पार्टीकी हुन् । कार्कीले ३१ हजार १३६ मत ल्याउँदा भुसाल आठ हजार ७६९ मतका साथ तेस्रो स्थानमा सीमित हुन पुगिन् ।

एकीकृत समाजवादीका नेता एवं पर्यटनमन्त्री जीवनराम श्रेष्ठ काठमाडौं ८ बाट पराजित भए । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले पराजित गरेका हुन् । विराजभक्तले १० हजार १०५ मत ल्याउँदा मन्त्री श्रेष्ठले चार हजार १७७ मत मात्रै ल्याएर तेस्रो स्थानमा खुम्चिए ।

माओवादी नेता एवं खेलकुदमन्त्री महेश्वर गहतराज पनि पराजित भएका छन् । बाँके १ मा उम्मेदवार बनेका गहतराजलाई एमालेका सूर्य ढकालले पाँच हजार ३९४ मतान्तरले पराजित गरेका हुन् । ढकालले २५ हजार २६ र मन्त्री गहतराजले १९ हजार ६३२ मत ल्याए।

कांग्रेस सहमहामन्त्री एवं खानेपानीमन्त्री उमाकान्त चौधरी बारा १ बाट पराजित भएका छन्। उनलाई एमालेका अच्युतप्रसाद मैनालीले पराजित गरेका हुन्। मैनालीले ३९ हजार १९५ र चौधरीले ३० हजार ५६ मत ल्याए।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का राज्यमन्त्री उमेश श्रेष्ठ चितवन २ बाट पराजित भए । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पराजित गरेका हुन् । लामिछानेले ४९ हजार २६४ र श्रेष्ठले १४ हजार ९८३ मत ल्याए।

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  १ : ४७ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज