२ माघ २०८२, शुक्रबार | January 16, 2026

लुम्बिनी बौद्ध विश्वविद्यालयले १८ औं स्थापना दिवस सप्ताहव्यापी रुपमा मनाउँदै



बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयले आफ्नो १८ औं स्थापना दिवस सप्ताहव्यापी रुपमा मनाउने भएको छ । यही मंसिर १२ गतेदेखि १७ गतेसम्म विभिन्न गतिविधि सञ्चालन गरिने विद्यालयले जनाएको छ ।

स्थापना दिवस बारे जानकारी गराउन आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै विश्वविद्यालयका रजिष्टार तिलक आचार्यले लसम्बिनीको मायादेवि मन्दिरमा विश्वशान्तिको प्रार्थना (मोन्लाम) गरेर सप्ताहको सुरुवात हुने बताएका छन् । मंसिर १२ गते सप्ताहको पहिलो दिन प्रार्थनासँगै महायोगी विद्याधर आचार्य श्रीधर राणा रिम्पोच्छेको उपस्थितमा करिब २ सय जना बोद्ध अनुयायी सहभागी हुने गरि प्रवचन कार्यक्रम हुने बताइएको छ ।

स्थापना दिवसक अंन्दर्भमा मंसिर ९ गतेदेखि नै खेल सप्ताह जारी रहेको जानकारी गराउँदै विश्वविद्यालयमा रक्तदान, बृहत् सरसफाई कार्यक्रम, इजरायली राजदूतको उपस्थितीमा देवदह गुरुयोजना अवलोकन तथा अन्तरक्रिया लगायतका कार्यक्रम तय।गरिएको छ । मंसिर १४ गते स्थापना दसवसको मूल समारोह आयोजना गर्नुका साथै मंसिर १५ गते पुरस्कार वितरण, १६ गते मोन्लाम तथा विश्वशान्तिको पूजा तथा १७ गते गुह्यसमाजतन्त्र विषयमा प्रवचन कार्यक्रम रहेको छ ।

प्रथम बौद्ध शिखर सम्मेलनको अवधारणापछि २०६१ सालमा स्थापना भएको बौद्ध विश्वविद्यालयले ०६७ बाट विद्यावारिधिबाट शैक्षिक कार्यक्रम शुरु गरेको थियो । विद्यावारिधिपछि केन्द्रीय कार्यालय लुम्बिनीमा स्नातकोत्तर तहका शैक्षिक कार्यक्रम सन्चालन गरेको छ भने ०७० सालदेखि लुम्बिनी शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ । ०७४ सालदेखि बुटबलमा ट्राभल एण्ड टुरिजम म्यानेजमेन्ट विषयमा अधयापन शुरु गरेको  विद्यालयले ०७६ सालदेखि बुटवलमा बिएएलएलबी कार्यक्रम सञ्चालन गरेको छ । यसैगरी ०७८ देखि विकास अध्ययन तथा प्रायोगिक

विज्ञान संकायअन्तर्गत देवदहमा स्नातकोत्तर तहका तीन कार्यक्रम सञ्चालनमा छन् ।

विश्वविद्यालयका शैक्षिक कार्यक्रम सञ्चालनका लागि देवदहमा ९२ बिगाहा जमिन नेपाल सरकारबाट प्राप्त भएको र सो जमिनमा गुरुयोजना निर्माण गरी भौतिक पूर्वाधारको प्रक्रिया थालिएको रजिष्टार आचार्यले बताए । यसैगरी बुटवल-१२ नयाँगाउँमा करिव ६ विगाहा जमिनमा क्याम्पसका पूर्वाधार निर्माण भइरहेका बताए ।

यस विद्यालयमा १ हजार ५ सय बढी विद्यार्थी रहेका छन् भने विद्यावारिधिका लागि १३ जना र स्नातकोत्तरमा ९ जना विदेशी विद्यार्थीहरु समेत अध्ययनका लागि आउने गरेका छन् ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  ५ : ०८ बजे

‘चुनपहरा चट्टान’ आरोहण प्रशिक्षण केन्द्र

तनहुँ । पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित

एमाले केन्द्रीय कार्यालयमा उम्मेदवारको नाम प्राप्त

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कार्यालयले आसन्न फागुन

रवि विरुद्धको आरोपपत्र संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णय विरुद्ध सर्वोच्चमा रिट

रवि लामिछानेविरुद्धको मुद्दा संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णय सर्वोच्चमा चुनौती काठमाडौं

निर्वाचन आयोगमा देउवापक्षीय नेताहरुद्वारा आफुहरू नै आधिकारिक भएको दाबी पेश

काठमाडौं । नेपाली कांग्रेसका संस्थापन पक्षीय नेताहरुले निर्वाचन आयोगमा पुगेका

१६५ वटै निर्वाचन क्षेत्रमा आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका