८ बैशाख २०८१, शनिबार | April 20, 2024

यी हुन् चुनाव जित्ने ४ बहालवाला मुख्यमन्त्री



काठमाडौं । प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भइरहँदा ४ जना बहालवाला मुख्यमन्त्रीले चुनाव जितेका छन् । तीन जना मुख्यमन्त्रीले यस पटक टिकट नै पाएनन् ।  प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई निर्वाचित भएका छन् ।

भोजपुर प्रदेश सभा (क)बाट उम्मेदवार रहेका मुख्यमन्त्री राई विजयी भएका हुन् । मुख्यमन्त्री राईले १६,११० मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका हरिबहादुर राई १२,२२३ ले ल्याए ।

मधेस प्रदेशका बहालवाला मुख्यमन्त्री लालबाबु राउत पनि प्रदेशसभा सदस्यमा विजयी भएका छन् । जनता समाजवादी पार्टी (जसपा)का नेता समेत रहेका मुख्यमन्त्री राउतले पर्सा निर्वाचन क्षेत्र १ (ख)बाट जित निकालेका हुन् ।

मुख्यमन्त्री राउतले ७,५४५ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नारायणप्रसाद कुर्मीले ६,२१२ मत ल्याए ।

धादिङ क्षेत्र नम्बर १ बाट उम्मेदवार रहेका बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रतिनिधिसभा सदस्य पदमा जित हासिल गरेका छन् । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष रहेका पाण्डेले ३५,९३४ मत ल्याउँदा नेकपा एमालेका भूमिप्रसाद त्रिपाठीले २७,९५३ मत ल्याएका छन् ।

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले कांग्रेसका तर्फबाट हुम्ला (ख)मा जित हासिल गरेका छन् । नेकपा एमालेका छक्कबहादुर लामालाई हराउँदै मुख्यमन्त्री शाहीले चुनाव जितेका हुन् ।  मुख्यमन्त्री शाही ७,०५६ मतले विजयी हुँदा उनका निकटतम प्रतिष्पर्धी लामाले २,९७९ मत प्राप्त गरे ।

यस्तै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसी र र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले यस पटक टिकट पाएनन् ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  ६ : ३६ बजे

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा

तिलोत्तमाको जानकीनगरमा डाँफे इलेक्ट्रोनिक्स हाउस

बुटवल । उपभोक्तालाई एउटै छानोमुनी सम्पूर्ण इलेक्ट्रोनिक्सका सामान उपलब्ध गराउने

नेपालले हङकङलाई दियो १४० रनको मध्यम लक्ष्य 

काठमाडौं । नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ ।

बुटवलको मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले मनायो रजत जयन्ती

बुटवल । बुटवल मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न ११० मिटर बाँकी, १८ दिनपछि ‘ब्रेक थ्रु’

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन