१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

यी हुन् चुनाव जित्ने ४ बहालवाला मुख्यमन्त्री



काठमाडौं । प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भइरहँदा ४ जना बहालवाला मुख्यमन्त्रीले चुनाव जितेका छन् । तीन जना मुख्यमन्त्रीले यस पटक टिकट नै पाएनन् ।  प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई निर्वाचित भएका छन् ।

भोजपुर प्रदेश सभा (क)बाट उम्मेदवार रहेका मुख्यमन्त्री राई विजयी भएका हुन् । मुख्यमन्त्री राईले १६,११० मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका हरिबहादुर राई १२,२२३ ले ल्याए ।

मधेस प्रदेशका बहालवाला मुख्यमन्त्री लालबाबु राउत पनि प्रदेशसभा सदस्यमा विजयी भएका छन् । जनता समाजवादी पार्टी (जसपा)का नेता समेत रहेका मुख्यमन्त्री राउतले पर्सा निर्वाचन क्षेत्र १ (ख)बाट जित निकालेका हुन् ।

मुख्यमन्त्री राउतले ७,५४५ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नारायणप्रसाद कुर्मीले ६,२१२ मत ल्याए ।

धादिङ क्षेत्र नम्बर १ बाट उम्मेदवार रहेका बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रतिनिधिसभा सदस्य पदमा जित हासिल गरेका छन् । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष रहेका पाण्डेले ३५,९३४ मत ल्याउँदा नेकपा एमालेका भूमिप्रसाद त्रिपाठीले २७,९५३ मत ल्याएका छन् ।

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले कांग्रेसका तर्फबाट हुम्ला (ख)मा जित हासिल गरेका छन् । नेकपा एमालेका छक्कबहादुर लामालाई हराउँदै मुख्यमन्त्री शाहीले चुनाव जितेका हुन् ।  मुख्यमन्त्री शाही ७,०५६ मतले विजयी हुँदा उनका निकटतम प्रतिष्पर्धी लामाले २,९७९ मत प्राप्त गरे ।

यस्तै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसी र र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले यस पटक टिकट पाएनन् ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  ६ : ३६ बजे

रवि लामिछाने र मधेश केन्द्रित दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मधेशमा

मधेस केन्द्रित चार दलको अपिल : ‘घटनाको निष्पक्ष छानबिन होस्, समाजमा सद्भाव कायम राखौँ’

काठमाडौं । मधेस केन्द्रित चार राजनीतिक दलले पछिल्ला घटनाक्रमप्रति गम्भीर

सद्भाव कायम राख्न बुटवलका १२ राजनीतिक दलको संयुक्त अपिल, दोषीमाथि कारबाहीको माग

बुटवल । सुनसरीलगायत देशका विभिन्न स्थानमा हालै घटेका हिंसात्मक घटनाप्रति

वर्ल्डलिंकद्वारा ११ लाख एफटिटिएच ग्राहकको ऐतिहासिक उपलब्धि

काठमाडौं । नेपालको अग्रणी इन्टरनेट तथा डिजिटल सेवा प्रदायक वर्ल्डलिंक

राष्ट्रपतिद्वारा प्रमुख निर्वाचन आयुक्त र आयुक्त नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्को सिफारिसमा प्रमुख निर्वाचन