३ पुस २०८२, बिहिबार | December 18, 2025

लमजुङमा एमाले पहिलो दल



लमजुङ । लमजुङमा  प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन सम्पन्न भएर प्रत्यक्षतर्फको मत परिणाम आइसकेको छ ।समानुपातिक मत परिणामअनुसार लमजुङमा नेकपा एमाले सबैभन्दा ठूलो दल हुन सफल भएको छ ।

एमालेले प्रतिनिधिसभा तर्फको समानुपातिक मत ३१ हजार, एक सय ७८ प्राप्त गरेको छ भने नेपाली कांग्रेसले २७ हजार ७ सय ९६ मत प्राप्त गरेर दोस्रो स्थान हासिल गरेको छ ।त्यस्तै नेकपा माओवादी केन्द्रले ६ हजार ४ सय ८३ मत प्राप्त गरेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले ८ हजार २ सय १८ मत प्राप्त गरी तेस्रो स्थान हासिल गरेको छ ।

समानुपातिक तर्फ राष्ट्रिय प्रजातन्त्र पार्टी २३ सय ८, नेकपा एकीकृत समाजवादी पार्टी ५ सय ८२, जनता समाजवादी पार्टी २ सय ६१, मंगोल नेशनल अर्गनाइजेसन ४ सय ९७, राष्ट्रिय जनमोर्चा ३६, जनमत पार्टी ६८, नेकपा माले ४३, नेकपा माओवादी समाजवादी ४६, हाम्रो नेपाली पार्टी ४४, राष्ट्रिय जनमुक्ति पार्टी ५०, नेपाली कांग्रेस विपी २१ जनसमाजवादी पार्टी २७, सामाजिक एकता पार्टी ६७, नेमकिपा १९, विवेकशील साझा ८, आमुल परिवर्तन मसिहा पार्टी ७९, नागरिक उन्मुक्ति पार्टी १५, नेपाली जनता दल ४१ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  ७ : २२ बजे

ओलीको ह्याट्रिक, दुई तिहाई बढी मतले एमाले अध्यक्षमा विजयी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक

अध्यक्षमा केपी ओली सहज विजयउन्मुख अवस्थामा

काठमाडौँ । नेकपा एमालेको महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भइरहेको मतगणनामा

महाकाली पुल र बस्ती बचाउन तटबन्धको काम वर्षायाम अघि नै सम्पन्न गरौं : मन्त्री घिसिङ

कञ्चनपुर। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

जाँचबुझ आयोगद्वारा तत्कालीन आईजीपी खापुङसँग पुनः बयान

काठमाडौं। २३ र २४ भदौमा भएका घटनाको छानबिनका लागि गठित

सुनको मूल्य तोलामा २ लाख ६० हजार ४०० रुपैयाँ, चाँदीको पनि बढ्यो

काठमाडौं । बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको