२ पुस २०८२, बुधबार | December 17, 2025

कुनै एउटा दलले बहुमत नल्याउनु दुर्भाग्य,प्रधानमन्त्रीमा एमाले क्याण्डिडेट केपी ओली नै हो : विष्णु पौडेल



बुटवल । एमाले उपाध्यक्ष विष्णु पौडेलले निर्वाचनमा कुनै दलको एकल बहुमत नआउनु मुलुककोलागि दुर्भाग्य भएको बताएका छन् । निर्वाचनमा विजयी भएपछि पहिलोपटक पत्रकारहरुबीच आएका उपाध्यक्ष पौडेलले एमाले बाहेकका दलले भएपनि एकल बहुमत आएको भए राम्रो हुने बताए ।

उनले एमालेको राजनीतिक स्थायीत्वको एजेण्डा सफल नभएको उल्लेख गर्दै एमालेको नेतृत्व बिना देशले निकास नपानउने दाबी गरे । उपाध्यक्ष पौडेलले मुलुक गणितिय खेलमा जान सक्ने खतरा रहेको पनि औंल्याए । उनले एमालेले स्थिरता, विकास र समृद्धिको एजेण्डालाई पुरा गर्न प्राप्त परिणाममा टेकेर पहलकदमी लिने बताए ।

एमाले बाहेकका दललाई मतदान गर्ने मतदाताहरुलाई गुरु मानेर आफुले काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले प्रतिस्पर्धामा आएका दलहरुलाई पराजयको अर्थमा नबुझिदिन आग्रह गरे ।

एमालेका मुख्य पदाधिकारीलाई संसद बाहिर राखेर एमालेलाई कजोर बनाउने प्रयास गरिएको उल्लेख गर्दै उपाध्यक्ष पौडेलले एमाले अध्यक्ष केपी ओलीकै नेतृत्वमा एमालले नयाँ पहलकदमी लिने जनाए । ‘एमालेको तर्फबाट प्रधानमन्त्रीको क्याण्डिडेट केपी ओली नै हुनुहुन्छ ।’ उनले भने ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  ९ : ४६ बजे

३ बजे सम्ममा ६५० मत खस्यो, राति १० बजे मतदान सकिने अनुमान

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व