७ आश्विन २०८३, बुधबार | September 23, 2026

कुनै एउटा दलले बहुमत नल्याउनु दुर्भाग्य,प्रधानमन्त्रीमा एमाले क्याण्डिडेट केपी ओली नै हो : विष्णु पौडेल



बुटवल । एमाले उपाध्यक्ष विष्णु पौडेलले निर्वाचनमा कुनै दलको एकल बहुमत नआउनु मुलुककोलागि दुर्भाग्य भएको बताएका छन् । निर्वाचनमा विजयी भएपछि पहिलोपटक पत्रकारहरुबीच आएका उपाध्यक्ष पौडेलले एमाले बाहेकका दलले भएपनि एकल बहुमत आएको भए राम्रो हुने बताए ।

उनले एमालेको राजनीतिक स्थायीत्वको एजेण्डा सफल नभएको उल्लेख गर्दै एमालेको नेतृत्व बिना देशले निकास नपानउने दाबी गरे । उपाध्यक्ष पौडेलले मुलुक गणितिय खेलमा जान सक्ने खतरा रहेको पनि औंल्याए । उनले एमालेले स्थिरता, विकास र समृद्धिको एजेण्डालाई पुरा गर्न प्राप्त परिणाममा टेकेर पहलकदमी लिने बताए ।

एमाले बाहेकका दललाई मतदान गर्ने मतदाताहरुलाई गुरु मानेर आफुले काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले प्रतिस्पर्धामा आएका दलहरुलाई पराजयको अर्थमा नबुझिदिन आग्रह गरे ।

एमालेका मुख्य पदाधिकारीलाई संसद बाहिर राखेर एमालेलाई कजोर बनाउने प्रयास गरिएको उल्लेख गर्दै उपाध्यक्ष पौडेलले एमाले अध्यक्ष केपी ओलीकै नेतृत्वमा एमालले नयाँ पहलकदमी लिने जनाए । ‘एमालेको तर्फबाट प्रधानमन्त्रीको क्याण्डिडेट केपी ओली नै हुनुहुन्छ ।’ उनले भने ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  ९ : ४६ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज