२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

झलनाथ खनालको आरोप – मलाई हराउन मतदान प्रक्रियादेखि नै अनियमितता गरे



काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफूलाई हराउन मतदान प्रक्रियादेखि नै योजनाबद्ध रुपमा अनियमितता गरेको आरोप लगाएका छन् ।

खनालले इलाम-२ को मतदान प्रक्रिया सुरुदेखि नै स्वास्थ नरहेको, विभिन्न प्रकारका अनियमितता भएको, एउटा मत पेटिकामा मत हाल्नु पर्नेमा अर्कै मत पेटिकामा मत हालेको, मतपेटिकामा खसेको मत समेत गणना गर्दा नभेटिएको, मतपत्र नै गायब भएको, कतिपय ठाउँमा खसेको मतभन्दा सयौं मत बढी फेला परेको बताए । यी तथ्यले मतदानको प्रक्रियामा नै अनियमितता भएको पुष्टि गर्ने उनको भनाइ छ ।

सोमबार विज्ञप्ति जारी गर्दै खनालले भनेका छन्, ‘ती मतपत्र कसरी गायब भए ? ती खसेको भन्दा बाकसम बढी मतपत्र कसरी भए रु निर्वाचन आयोगले जवाफ दिनु पर्छ ।’

यहाँको मत परिणाम र निर्वाचन अधिकृतले गराएको गणनाको नतिजालाई आफूले स्वीकार नगर्न उनले बताएका छन् । यस समस्याको समाधानका निम्ति कानुनी समाधान खोजिने उनले बताए । खनालले भने, ‘यी सबै विषयका बाबजुद इलामेली जनताले यसपटकको निर्वाचनमा उत्साहपूर्वक भाग लिनु भएको छ, गठबन्धनका उम्मेदवारलाई समर्थन गर्नुभएको छ र मलाई २३ हजार ८९ मत प्रदान गर्नुभएको छ । मतदान गर्ने सम्पूर्ण मतदाता, आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरुलाई म हार्दिक हार्दिक धन्यवाद दिन चाहन्छु ।’

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  ४ : ३८ बजे

बाढीमा फसेका यात्रु उद्धार गर्ने सशस्त्र प्रहरी टोलीको सम्मान

काभ्रेपलाञ्चोक । गत सोमबारको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण

खानेपानीमा कर छुटको कानुनी व्यवस्था गर्न माग

काठमाडौं । खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ, नेपालले खानेपानी तथा

पोखरा स्पोर्ट्स अवार्ड : मनोनयनमा परेका १२ खेलाडीको नाम सार्वजनिक

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले यही वैशाख ३१

मूल्य वृद्धिसँगै निर्माण क्षेत्र प्रभावित हुँदा इन्धनको खपत घट्दै

वीरगन्ज । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै निर्माण क्षेत्र प्रभावित

प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस, दाहाल र आङदेम्बेको असहमति

काठमाडौँ । संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा सर्वोच्च अदालतका न्यायाधीश डा