२ पुस २०८२, बुधबार | December 17, 2025

झलनाथ खनालको आरोप – मलाई हराउन मतदान प्रक्रियादेखि नै अनियमितता गरे



काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफूलाई हराउन मतदान प्रक्रियादेखि नै योजनाबद्ध रुपमा अनियमितता गरेको आरोप लगाएका छन् ।

खनालले इलाम-२ को मतदान प्रक्रिया सुरुदेखि नै स्वास्थ नरहेको, विभिन्न प्रकारका अनियमितता भएको, एउटा मत पेटिकामा मत हाल्नु पर्नेमा अर्कै मत पेटिकामा मत हालेको, मतपेटिकामा खसेको मत समेत गणना गर्दा नभेटिएको, मतपत्र नै गायब भएको, कतिपय ठाउँमा खसेको मतभन्दा सयौं मत बढी फेला परेको बताए । यी तथ्यले मतदानको प्रक्रियामा नै अनियमितता भएको पुष्टि गर्ने उनको भनाइ छ ।

सोमबार विज्ञप्ति जारी गर्दै खनालले भनेका छन्, ‘ती मतपत्र कसरी गायब भए ? ती खसेको भन्दा बाकसम बढी मतपत्र कसरी भए रु निर्वाचन आयोगले जवाफ दिनु पर्छ ।’

यहाँको मत परिणाम र निर्वाचन अधिकृतले गराएको गणनाको नतिजालाई आफूले स्वीकार नगर्न उनले बताएका छन् । यस समस्याको समाधानका निम्ति कानुनी समाधान खोजिने उनले बताए । खनालले भने, ‘यी सबै विषयका बाबजुद इलामेली जनताले यसपटकको निर्वाचनमा उत्साहपूर्वक भाग लिनु भएको छ, गठबन्धनका उम्मेदवारलाई समर्थन गर्नुभएको छ र मलाई २३ हजार ८९ मत प्रदान गर्नुभएको छ । मतदान गर्ने सम्पूर्ण मतदाता, आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरुलाई म हार्दिक हार्दिक धन्यवाद दिन चाहन्छु ।’

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  ४ : ३८ बजे

३ बजे सम्ममा ६५० मत खस्यो, राति १० बजे मतदान सकिने अनुमान

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व