३ चैत्र २०८२, मंगलबार | March 18, 2026

गगन थापालाई संगठन बनाउन महामन्त्री बनाइएको हो, प्रधानमन्त्री बन्न होईन : सहमहामन्त्री राठोर



नेपालगन्ज । नेपाली कांग्रेसका सहमहामन्त्री किशोर सिंह राठौरले महामन्त्री गगन थापालाई प्रधानमन्त्री बन्न नभई पार्टीको संगठन बनाउन महामन्त्री बनाइएको बताएका छन् । बाँके ३ बाट प्रतिनिधिसभामा विजयी भएपछि पहिलो पटक पत्रकार सम्मेलन गरेका सहमहामन्त्री राठोरले पार्टी कार्यकर्ताले थापालाई संगठन बनाउनका लागि मत दिएको बताएका हुन् ।

‘क्लिएर कुरा त के हो भने पार्टी कार्यकर्ताले महामन्त्रीलाई संगठन बनाउनका लागी मत दिएको विर्सनुहुँदैन । प्रधानमन्त्रीको दावी भन्दा उहाँले ५ वर्ष पार्टी संगठन गर्नुपर्छ ।’ राठोरले भने ।

गगन थापालाई संगठन बनाउन सुझाव दिएका उनले आँफुलाई भने प्रधानमन्त्रीका लागी सक्षम र तयार रहेको बताए । प्रतिनिधिसभा सदस्यका हैसियतले आफुले पनि प्रधानमन्त्रीमा दाबी गर्न सक्ने उनले बताए ।

राठौरले देशमा चलिरहेको सशस्त्र द्घन्द्घ अन्त्य गर्ने उद्देश्यले शान्ति प्रक्रिया सँगै शुरु भएको नेपालको लोकतान्त्रिक आन्दोलनका केही मुख्य राजनीतिक दलहरुबीच सहकार्यको ऐतिहांसिकताको महत्व स्मरण गर्नु पर्ने भन्दै ०४६ सालको जनआन्दोलनमा भएको सहकार्य लाई लोकतन्त्रको जगका रुपमा लिनुपर्ने बताए ।

उनले संसदको आयु छँदै तत्कालिन नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेको सरकारबाट भएको पटक–पटक संसद भगं गर्ने असंवैधानिक कदमका विरुद्ध मुख्य राजनीतिक दलहरु बीच फेरी सहकार्य सुरु गर्नु परेको बताए । बाम लोकतान्त्रिक गठबन्धनको औचित्यका विषयमा राठौरले भने, ‘संविधानको रक्षार्थ जनतामाझ हाम्रा मुद्दा अनुमोदनका लागी गठबन्धन सहित चुनावमा गएका हौं ।’

उनले प्रतिनिधिसभा निर्वाचनमा बाँके क्षेत्र नं. ३ बाट निर्वाचित बनाएकोमा निर्वाचन क्षेत्रका मतदाताहरुलाई विषेश धन्यवाद समेत दिएका थिए ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  ६ : ३१ बजे

प्रि–मनसुन : बुधबार सामान्य, बिहीबारदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख डङ्गोल पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त

आफूलाई बदलेर छिटोछरितो र सहज रूपमा न्यायसम्पादन गर्न प्रधानन्यायाधीश राउतको निर्देशन

दाङ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले देशको बदलिँदो परिवेशमा आफूलाई बदलेर

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मिलेको

४३ करोड अपचलन भएको नेपालगन्जको सहकारी संचालनमा आउँदै

नेपालगन्ज । ५२ करोड कुल पुँजी रहेको सहकारीबाट ४३ करोड