२३ मंसिर २०८२, मंगलबार | December 9, 2025

गगन थापालाई संगठन बनाउन महामन्त्री बनाइएको हो, प्रधानमन्त्री बन्न होईन : सहमहामन्त्री राठोर



नेपालगन्ज । नेपाली कांग्रेसका सहमहामन्त्री किशोर सिंह राठौरले महामन्त्री गगन थापालाई प्रधानमन्त्री बन्न नभई पार्टीको संगठन बनाउन महामन्त्री बनाइएको बताएका छन् । बाँके ३ बाट प्रतिनिधिसभामा विजयी भएपछि पहिलो पटक पत्रकार सम्मेलन गरेका सहमहामन्त्री राठोरले पार्टी कार्यकर्ताले थापालाई संगठन बनाउनका लागि मत दिएको बताएका हुन् ।

‘क्लिएर कुरा त के हो भने पार्टी कार्यकर्ताले महामन्त्रीलाई संगठन बनाउनका लागी मत दिएको विर्सनुहुँदैन । प्रधानमन्त्रीको दावी भन्दा उहाँले ५ वर्ष पार्टी संगठन गर्नुपर्छ ।’ राठोरले भने ।

गगन थापालाई संगठन बनाउन सुझाव दिएका उनले आँफुलाई भने प्रधानमन्त्रीका लागी सक्षम र तयार रहेको बताए । प्रतिनिधिसभा सदस्यका हैसियतले आफुले पनि प्रधानमन्त्रीमा दाबी गर्न सक्ने उनले बताए ।

राठौरले देशमा चलिरहेको सशस्त्र द्घन्द्घ अन्त्य गर्ने उद्देश्यले शान्ति प्रक्रिया सँगै शुरु भएको नेपालको लोकतान्त्रिक आन्दोलनका केही मुख्य राजनीतिक दलहरुबीच सहकार्यको ऐतिहांसिकताको महत्व स्मरण गर्नु पर्ने भन्दै ०४६ सालको जनआन्दोलनमा भएको सहकार्य लाई लोकतन्त्रको जगका रुपमा लिनुपर्ने बताए ।

उनले संसदको आयु छँदै तत्कालिन नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेको सरकारबाट भएको पटक–पटक संसद भगं गर्ने असंवैधानिक कदमका विरुद्ध मुख्य राजनीतिक दलहरु बीच फेरी सहकार्य सुरु गर्नु परेको बताए । बाम लोकतान्त्रिक गठबन्धनको औचित्यका विषयमा राठौरले भने, ‘संविधानको रक्षार्थ जनतामाझ हाम्रा मुद्दा अनुमोदनका लागी गठबन्धन सहित चुनावमा गएका हौं ।’

उनले प्रतिनिधिसभा निर्वाचनमा बाँके क्षेत्र नं. ३ बाट निर्वाचित बनाएकोमा निर्वाचन क्षेत्रका मतदाताहरुलाई विषेश धन्यवाद समेत दिएका थिए ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  ६ : ३१ बजे

टरिगाउँ विमानस्थलबाट असहायलाई भाडामा छुट

दाङ । नेपाल एयरलाइन्सले दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलबाट उडान भर्दा

प्राकृतिक शीतभण्डारमा किबी

पाँचथर । पाँचथरको फिदिम नगरपालिका-३ लालीखर्कका किसान बलबहादुर राईले प्राकृतिक

शुक्लाफाँटामा पाँचवर्षे शिक्षा योजना तर्जुमा गरिँदै

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले शिक्षा क्षेत्रको समग्र सुधार र दीर्घकालीन

रुपन्देहीको फर्साटिकरमा भोलीदेखी दोस्रो शुद्धोदन उद्योग वाणिज्य कृषि पर्यटन तथा सांस्कृतिक महोत्सव सुरु हुँदै

बुटवल । रुपन्देहीको शुद्धोदन गाउँपालिका-६ फर्साटिकरमा भोली मंसिर २४ गतेदेखि

थर्पु अस्पतालमा आँखा उपचार सेवा सुरु हुने

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका-४ स्थित थर्पु अस्पतालमा नियमित आँखा