८ चैत्र २०८२, आइतबार | March 22, 2026

बाँकेको कीर्तिमानी श्रृङ्खला : सुशिल कोईरालाको गृह जिल्लामा कांग्रेस उम्मेदवारको जमानत जफत



नेपालगन्ज । राजनीतिको उचार चढावको दृष्य हेर्ने हो भने एक पटक बाँके जिल्लामा फर्कनु जरुरी हुन्छ । हरेक पटक उम्मेदवार परिवर्तन गरेर किर्तिमान कमाएको बाँकेको क्षेत्र नम्बर २ ले २०७९ को निर्वाचनमा पनि आफ्नो किर्तिमान जोगाएको छ । हरेक पटक उम्मेदवार फेरेर जिताउने मात्र होईन एक पटक उम्मेदवार बनेको उम्मेदवारलाई अर्को पटक जमानत जफत गराईदिने जिल्ला पनि हो बाँके क्षेत्र नम्बर २ ।

२०६४ सालमा भएको संबिधानसभामा तामझामकासाथ विजयी बनेका सर्वदेव ओझालाई ७० सालको निर्वाचनमा ७२ वटा मत दिएर सर्मनाहक पराजय गर्ने देखि कुनै बेला प्रधानमन्त्री एवं सुशिल कोईरालाको गृह जिल्ला र गृह निर्वाचन क्षेत्रकारुपमा कहलाएको बाँके ३ ले यस पटकको निर्वाचनका तीनै सुशिल कोईरालाको पार्टी कांग्रेस उम्मेदवार सुदीप नर्सिङ राणाको जमानत जफत गराइदिएको छ ।

७० सालमा बाँके र चितवनबाट जितेका सुशिल कोईराला नेपालमा संबिधान जारी गराउन सफल प्रधानमन्त्रीकारुपमा पनि चिनिन्छन् । भारतको अनेकन दवावका बाबजुद काईराको अडानकै कारण अन्ततः संबिधान जारी भएको थियो । कृष्ण प्रसाद भट्टराई पछिका सादगी नेताकारुपमा रहने प्रयन्त गर्दा गर्दै मृत्युवरण गरेका कोईरालाको निर्वाचन क्षेत्र बाँके २ मा यस पटक कांग्रेसले प्रतिनिधिसभा तर्फ जमानत बचाउन सकेन भने प्रदेश तर्फ शुन्य परिणाम प्राप्त ग¥यो ।

बाँके २ मा ९७ हजार ८०९ मतदाता रहेकोमा ६७५५१ मत खसेको थियो । ४ हजार ९५० मत बदर भएर ६२ हजार ६०१ मत सदर हुँदा कांग्रेस उम्मेदवार राणाले ४ हजार ४०३ मत मात्र प्राप्त गरेका छन् । निर्वाचन ऐन अनुसार सदर मतको १० प्रतिशत मत नल्याउने उम्मेदवारको जमानत जफत हुने व्यवस्था अनुसार कांग्रेस उम्मेदवारको बाँके २ मा जमानत जफत भएको छ ।

बाँके २ मा सैद्धान्तिक भन्दा ह्वीम र हल्लाको प्रभाव बढी पर्ने गरेको बाँकेका बरिष्ठ पत्रकार हेमन्त कर्माचार्यको ठहर छ । बाँकेमा सैद्धान्तिक मत भन्दा निश्चित कुौ घटनाले तत्काल पार्ने प्रभावका आधारमा मतदान गर्ने चलन देखिँदै आएको उनी बताउँछन् । ‘६४ मा मधेश आन्दोलको हवा चल्यो सर्वदेवले जिते, स्थानीयतहमा शिवसेनाको हण्डरी मच्चियो धवलले जिते र अहिले पनि एउटा ह्वीम चलेर धवलले जिते ।’ उनले भने, ‘पार्टीको र व्यक्तिको भन्दा तत्काल चल्ले हावाले निर्वाचन परिणाममा प्रभाव पार्ने गरेको छ ।’

७० सालमा चुनाव जितेको क्षेत्र छाडेर ७४ मा राप्रपासँग तालमेल गर्न पुगेपछि नै कांग्रेसको मत खस्कने क्रम शुरु भएको थियो । ७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पूर्व पञ्चहरुको पार्टी राप्रपाका उम्मेदवार ओम प्रकाश आजादलाई कांग्रेसले समर्थन गर्दा पनि आजादलाई तेस्रो स्थानमा रहनु परेको थियो । ०७४ मा संघीय समाजवादी फोरमबाट मोहम्मद इस्तियाक राईले चुनाव जितेका थिए । यसपटक बाँके २ मा राणा सहित १४ जना उम्मेदवारको जमानत जफल हुँदा एमाले गठबन्धनबाट राप्रपाका उम्मेदवार धवलसम्शेर राणाले २९ हजार ५७७ मतमा साथ चुनाव जिते भने जनता समाजवादी पार्टीका राईले २३ हजार ५२० मा चित्त बुझाउन बाध्य बने ।

राजनीतिक शास्त्रका प्राध्यापक डा. जनार्दन आचार्यले पनि बाँकेमा राजनीतिक दलहरु आफ्नो एजेण्डा स्थापित गर्न असफल भएका कारण फरक फरक परिणाम आउने गरेको बताउँछन् । उनले बाँके २ का मतदाताहरुमा राजनीतिक स्कुलिङको अभाव, एजेण्डामा बेखबर र तत्कालिन घटनाका आधारमा दृष्टिकोण बनाउने प्रबृत्ति रहेको बताए । आचार्यले स्थानीय मतदाताहरुमा क्षेत्रिय, धार्मिक वा व्यक्तिगत सम्बन्ध बाहेक अन्य राजनीतिक आस्था नरहेको टिप्पणी पनि गरे ।

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  ५ : ०६ बजे

CFRD and GCD Deliver Panda Packs to 5,005 Students Across 56 Rural Nepali Schools

Kathmandu: week-long intensive educational mission across Nepal’s rural heartlands concluded

देशका १२३ वटा विद्यालयहरुमा ‘नबिल स्वच्छ खानेपानी अभियान’ संचालनमा

काठमाडौँ । नबिल बैंक लिमिटेडले विश्व पानी दिवसको अवसरमा ‘नबिल

युद्ध सुरु भएदेखि ८० हजार भन्दा बढी नागरिक स्थलमा आक्रमण

काठमाडौं । संयुक्त राज्य अमेरिका र इजरायलले इरानविरुद्धको युद्ध सुरु

बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

नेपालगन्ज । बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन् ।

सुन तोलामा बाह्र हजार पाँच सयले घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ