२९ भदौ २०८३, सोमबार | September 14, 2026

९९ लाख ९३ हजार मतगणना हुँदा कुन दलले कति पाए मत ?



काठमाडौं । प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगका अनुसार ९९ लाख ९३ हजार ५६८ मतगणना भएको छ । अब बाजुरा, स्याङ्जा-२, दोलखा र सुनसरी-३ को १ लाख मतगणना बाँकी छ ।

अहिलेसम्मको मतगणना अनुसार एमाले पहिलो दल बन्‍ने निश्चित छ । एमालेले २६ लाख ९४ हजार १२४ मत ल्याएको छ भने कांग्रेस २५ लाख ४८ हजार ७७८ मतसहित पछ्याइरहेको छ ।

तेस्रोमा माओवादी केन्द्र रहेको छ । माओवादीले ११ लाख ४३ हजार ५०३ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टी १० लाख ९८ हजार १७१ मतसहित पछ्याइरहेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ७० हजार १०२ मतसहित पाँचौ स्थानमा रहेको छ भने जनता समाजवादीको मत ३ लाख ८८ हजार ४८२ रहेको छ ।

एकीकृत समाजवादीभन्दा अगाडि जनमत पार्टी रहेको छ । जनमत पार्टीको मत ३ लाख ४६ हजार ९७० मत रहँदा एकीकृत समाजवादीको मत २ लाख ८१ हजार ३४८ छ । नागरिक उन्मुक्ति पार्टीको मत भने २ लाख ४७ हजार ७०१ रहेको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  ८ : ५४ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ