१२ असार २०८३, शुक्रबार | June 26, 2026

पत्रकार किशोर नेपाललाई सामाजिक सञ्जालका सबै माध्यमबाट वञ्चित गरिएकोमा पत्रकार महासंघको आपत्ति



काठमाडौं । नेपाल पत्रकार महासंघले पूर्वसभापति किशोर नेपालले प्रयोग गर्दै आएको सामाजिक सञ्जालका सबै माध्यम र एनसेलको मोबाइल नम्बरसमेत बन्द गरिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघका महासचिव रोशन पुरीले बुधबार विज्ञप्ति जारी गर्दै पत्रकार नेपालले प्रयोग गर्दै आएको सामाजिक सञ्जालका सबै माध्यम र एनसेलको मोबाइल नम्बरसमेत बन्द गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

पूर्वसभापति नेपालकाअनुसार डेढ महिनाअघिदेखि क्रमिक रूपले उनले चलाउने फेसबुक, ट्वीटर, इन्स्ट्राग्राम, इमेल र फोनसमेत बन्द गरिएको र यसबारे प्रहरीको साइबर व्यूरोलगायतमा लिखित जानकारी गराउँदा पनि समाधानमा तदारुकता नदेखाउनु अत्यन्त दुःखद् पक्ष रहेको जनाइएको छ ।

‘विगत पाँच दशकदेखि पत्रकारिता क्षेत्रमा योगदान दिँदै आउनु भएका पत्रकार नेपाललाई सामाजिक सञ्जालका सबै माध्यमबाट बञ्चित गराउने अभिप्रायले भएको यो हर्कत अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर प्रहार हो । महासंघ घटनाको छानबिन गरी अभिव्यक्ति स्वतन्त्रतामाथि आघात पुर्‍याउने कार्यमा संलग्नको तत्काल पहिचान गरी कानुनी दायरामा ल्याएर संविधानले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न सरकारसँग माग गर्दछ,’ पुरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  १ : २९ बजे

बागमती प्रदेशको गौरव – सालक

बागमती । बागमती प्रदेश सरकारले सालकलाई बागमती प्रदेशको गौरवको प्राणीका

महामन्त्री पदका आकांक्षी चार नेताद्वारा विपिन आचार्यलाई समर्थन 

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन अन्तर्गत महामन्त्री

प्रचण्ड र माधव नेपालको शेखर कोइरालासँग भेट, समसामयिक राजनीतिक विषयमा छलफल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

प्रतिनिधिसभाको बैठक फेरि सर्‍यो

काठमाडौं । प्रतिनिधिसभाको आजका लागि निर्धारित बैठक स्थगित भएको छ

प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा पाँच वटा विधेयक प्रस्तुत हुँदैछन्