१७ माघ २०८२, शनिबार | January 31, 2026

पत्रकार एनबी कंडेलको १३ओं पुण्य तिथीमा दुर्घटनास्थलमा दिप प्रज्वलन



बुटवल । सवारी दुर्घटनामा परी ज्यान गुमाएका युवा पत्रकार एनबी कंडेलको १३ औं दिनको पुण्य तिथीमा दीप प्रज्वलन गरिएको छ । मंसिर २ गते रुपन्देहीको तिलोत्तमा-२ जानकिनगरमा सवारी दुर्घटनामा परी ज्यान गुमाएका कंडेलको स्मृर्तिमा दिप प्रज्वलन गरिउको हो ।

दुर्घटना स्थलमै गरिएको दिप प्रज्वलन कार्यक्रममा ट्राफिक सचेतनासहित दिवंगत आत्माको शान्तिको कामना गर्दै ३६५ वटा दीप प्रज्वलन गरिएको छ ।

दिप प्रज्वलन सहितको शोकसभामा बोल्दै नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले ट्राफिक असावधानिका कारण धेरैले अङ्गभङ्ग तथा ज्यान गुमाउनु परेका समाचारहरु लेख्नु पर्ने अवस्थाको अन्त्यका लागि सबै सचेत रहनु पर्ने आवश्यक रहेको बताए ।

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका वरिष्ठ सई हुमानन्द खनालले ट्राफिक नियमको सबैले पालना गर्नु पर्ने बताउँदै सम्पूर्ण सञ्चार जगतले सचेतनाका लागि सहयोग र सहकार्यका लागि आग्रह गरे ।

दिप प्रज्वलनसँगै श्रद्धाञ्जली सभामा ग्लोबल आवाज डटकमका प्रवन्ध सम्पादक गौतम भूसाल, निर्देशक सृष्टि अधिकारी, प्रेस चौतारी रुपन्देहीका अध्यक्ष लक्षमण पौडेल, प्रेस यूनियन रुपन्देहीका सभापति रेखा भुसाल, प्रगतिशिल पत्रकार संघका अध्यक्ष श्याम पोखरेल लगायतको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  ९ : ४४ बजे

डिजल र मट्टितेलको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको

राष्ट्रपति पौडेल आइतबारदेखि जापानको औपचारिक भ्रमणमा जाँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबारदेखि यही माघ २१ गतेसम्म

बुटवलका व्यवसायीबाट नेपाल प्रहरीलाई पुस्तक तथा खेलकुद सामाग्रि प्रदान

बुटवल । बुटवल उद्योग वाणिज्य संघको वस्तुगत संगठन रुपन्देही पुस्तक

पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार

नेपालगन्ज । वरिष्ठ पत्रकार एवं साहित्यकार नरेन्द्रजङ्ग पिटरलाई यस वर्षको

चुनावी सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न अध्यक्ष ओलीको माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले