३ चैत्र २०८२, मंगलबार | March 18, 2026

स्थापना दिवसका अवसरमा रक्तदान र मानवसेवा आश्रममा खाना



बुटवल । रुपन्देही उद्योग संघले आफ्नो ४५ औं स्थापना दिवश एवम उद्योग दिवसका अवसरमा विहिवार बुटवलमा रक्तदान तथा मानव सेवा आश्रममा त्यहा रहेका सदस्यहरुलाई खाना खुवाएर मनाएको छ ।

स्थापना दिवसको अवसरमा संघले दुई छुट्टाछुटै कार्यक्रमको अयोजना गरि रक्तदान र खाना खुवाएको हो । आगामी पुस ७ गतेबाट बुटवलमा आयोजना गर्न लागेको १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी स्थल बुटवल मण्डपमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ५२ युनिट रगत संकलन भएको थियो ।

रक्त सञ्चार केन्द्र, बुटवलको प्राविधिक सहयोगमा भएको कार्यक्रमको सुभारम्भ गर्दै कार्यक्रमका प्रमुख अतिथि संघका पूर्व अध्यक्ष बोनिन पियाले संघको महत्वपुर्ण कार्यक्रम प्रदर्शनी आयोजना गर्न लागिरहेको अवस्थामा पनि सामाजिक उत्तरदायित्वलाई नविर्सेर संघले आयोजना गरेको रक्तदान कार्यक्रमले सबै उद्योगीको शिर उचो बनाउनुकासाथै समाजमा सकारात्मक सन्देश प्रवाहा गरेको बताए ।

कार्यक्रममा संघका अर्का पूर्व अध्यक्ष श्यामबहादुर हमालले रुपन्देही उद्योग संघको विगतको इतिहासलाई बचाउदै समाजमा स्थापित भएर अगाडी बढन धेरै चुनौतिहरु रहेको उल्लेख गर्दै समाजप्रतिको दायित्वलाई कहिल्यै विर्सन नहुने धारणा राखे ।

संघका अध्यक्ष माधव प्रसाद पौडेलले संघका गतिविधिहरुलाई अगाडी बढाउने क्रममा सचेत र संयमित भएर लागेको बताउदै संघले विगतदेखि गर्दै आएका कार्यक्रमलाई निरन्तरता दिने र नया कार्यक्रमहरु थप्दै जाने प्रतिवद्धता जनाए ।

संघले आजै मानव सेवा आश्रम, बुटवलमा एक कार्यक्रमको आयोजना गरि त्यहा आश्रित बृद्धबृद्धाहरुलाई एक छाक खानाको प्रवन्ध गरेको थियो । त्यस अवसरमा संघका निर्वचनमा अध्यक्ष बाबुराम बोहोरा, पूर्व अध्यक्ष बोनिन पिया, आश्रमका अध्यक्ष लोकनाथ भुसाल, संघका अध्यक्ष माधव प्रसाद पौडेल, महासचिव हरि बहादुर खत्री, प्रथम उपाध्यक्ष कृष्ण प्रसाद पराजुली, संघका प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारी लगायतले बोलेका थिए ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहिबार  ५ : ०० बजे

प्रि–मनसुन : बुधबार सामान्य, बिहीबारदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख डङ्गोल पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त

आफूलाई बदलेर छिटोछरितो र सहज रूपमा न्यायसम्पादन गर्न प्रधानन्यायाधीश राउतको निर्देशन

दाङ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले देशको बदलिँदो परिवेशमा आफूलाई बदलेर

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मिलेको

४३ करोड अपचलन भएको नेपालगन्जको सहकारी संचालनमा आउँदै

नेपालगन्ज । ५२ करोड कुल पुँजी रहेको सहकारीबाट ४३ करोड