१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

बालकोट पुगेर शेरधन राईले ओलीलाई दिए कांग्रेससँग संवाद गर्न सुझाव



काठमाडौं । एमाले नेता शेरधन राईले पार्टी अध्यक्ष केपी ओलीलाई नेपाली कांग्रेससँग सहकार्यका लागि संवाद थाल्न सुझाव दिएका छन् ।

शुक्रबार दिउँसो श्रीमतीसहित बालकोट पुगेका पूर्वमुख्यमन्त्री राईले जनताको जनादेशलाई आत्मसात गर्दै पहिलो र दोस्रो शक्ति र हैसियतमा जनअनुमोदित एमाले र कांग्रेसबीच संवाद सुरु गर्न ओलीलाई आग्रह गरेका हुन् ।

उनले निर्वाचन परिणामबाट पाठ सिक्दै स्थायी राजनीतिक शक्तिहरु मिलेर अगाडि बढ्न, देशलाई राजनीतिक स्थायित्व दिन, सुशासन कायम गर्न, विकास र समृद्विको अभियानलाई तीव्रता दिन बलियो र स्थिर सरकार बनाउनुपर्ने, सरकार बनाउने र भत्काउने फोहोरी खेल बन्द गर्नुपर्ने भन्दै कांग्रेससँग किन संवाद नथाल्ने भन्दै प्रश्न गरेका छन् । उनले गठबन्धनको औचित्य सकिएको भन्दै कांग्रेस र एमालेबीच सहकार्य हुनुपर्नेमा जोड दिएका छन् ।

‘देश र जनताको हित र स्वार्थलाई केन्द्र भागमा राखेर सहकार्य र प्रतिस्पर्धा किन नगर्ने रु कि नेपाली कांग्रेस अस्थिर शक्ति र समूहहरुकै वैशाखी टेकेर देश भाँडमै जावस भन्ने चाहन्छ रु देश र जनताको हितार्थ बहस, छलफल र संवाद थाल्न बिलम्ब नगरौं,’ राईले सामाजिक सञ्जालमा लेखेका छन् । उनले चौतर्फी घेराबन्दीका बाबजुद पनि ओलीको नेतृत्वमा एमाले सग्लो र प्रमुख शक्तिका रूपमा स्थापित हुन सफल भएको भन्दै अध्यक्षलाई बधाई पनि दिएका छन् । भोजपुरबाट प्रतिनिधिसभा सदस्यमा उठेका राई माओवादी उम्मेदवार सुदन किराँतीसँग पराजित भएका हुन् ।

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार  ४ : ४३ बजे

आगलागी नियन्त्रणमा लिन र तत्काल राहतको व्यवस्था गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशभर आगलागी नियन्त्रण

अर्थ र उर्जामन्त्रीसँग कर्णालीका मुख्यमन्त्रीले राखे ६ बुँदे माग

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अर्थमन्त्री वर्षमान पुन

चीन भ्रमण गर्ने योजनामा पुटिन

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित

काठमाडौ । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको

रेशम चौधरीको मुद्धामा मिसिल झिकाउन आदेश

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल