२२ मंसिर २०८२, सोमबार | December 8, 2025

मन्दिरबाट मूर्तिसहितका धातु चोरी गर्ने तीन जना पक्राउ



लमजुङ । मन्दिरबाट मूर्तिसहितका धातु चोरी र बिक्रीमा संलग्न तीन जनालाई लमजुङ प्रहरीले पक्राउ गरेको छ ।

बेंसीसहर नगरपालिका ११ घर भई हाल वडा नम्बर ८, बेंसीसहर बस्ने २४ वर्षीय राजु परियार, बेंसीसहर नगरपालिका ८ का २० वर्षीय विनोद तामाङ र रौतहत घर भइ हाल बेंसीसहर नगरपालिका ८ बस्ने ३८ वर्षीय भोला पटेल भन्ने रामकिश्वर राउतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मन्दिर फुटाएर मूर्ति, घण्टी, कलशलगायतका धातुका सामग्री चोरी भएको उजुरीपछि प्रहरीको विशेष टोली खटिएको र खोजतलास तथा अनुसन्धानका क्रममा मन्दिरका सामग्रीसहित तीन जनालाई बिहीबार साँझ पक्राउ गरिएको लमजुङ प्रहरीका डीएसपी प्रकाश श्रीमलले बताए ।

उनीहरूको साथबाट शिव र गणेशको मूर्तिसहित मन्दिरमा प्रयोग हुने सामग्री र विभिन्न धातुसहित २२ प्रकारका सामग्री बरामद गरिरएको छ । प्रारम्भिक चरणको सोधपुछमा ७ वटा मन्दिरबाट चोरी गरेको उनीहरूले बताएका प्रहरीले जनाएको छ । चोरी र बिक्रीमा संलग्न उनीहरूलाई जिल्ला अदालतबाट दिन ७ को म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

उनीहरूबाट शिवको मूर्ति १ थान, गणेशको मूर्ति टुक्रिएको अवस्थाको १ थान, तामाको कलश १४ थान, तामाको कलश कुच्चिएको अवस्थाको ६४ थान, तामाको सानो दियो २७ थान, तामाको टीका राख्ने थाली १९ थान, ढलटको सानो पाला ६३ थान, घण्टी १० थान, फुटाएको घण्टी ६ थान, पानस २ थान, ७ वटा बत्ती भएको पानस २ थान, चरेका थाली २ थान, ढलोटका लोटा १ थान, चरेशका कचौरा २ थान, तामा र पित्तलका गाग्री, ताउलो, कसौरीलगायतका २२ प्रकाशका सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार  ८ : ४१ बजे

वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन

वीरगञ्ज । वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा

पहिलोपटक खलङ्गा बजारमा ‘फायर हाइड्रेन्ट’ जडान भएपछि…

जुम्ला । चन्दननाथ नगरपालिका-५ स्थित खलङ्गा बजारको एक ‘मोबाइल’ पसलमा

सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड

काठमाडौं । सार्वजनिक संस्थानमा गरिएको करिब रू ४७ अर्ब सरकारी

नेपालगञ्ज-दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण

नेपालगञ्ज । निजी क्षेत्रले नेपालगञ्ज-दिल्ली सिधा हवाई उडानका लागि सरकारको

जेनजी पुस्ताको कथामा ‘झरीपछिको इन्द्रेणी’

काठमाडौं । हाँस्य कलाकारका रुपमा स्थापित अर्जुन घिमिरे ‘पाँडे’ले निर्देशन