४ पुस २०८२, शुक्रबार | December 19, 2025

जहाँ योजना सम्झौता गर्नै तीन दिन हिँड्नुपर्छ



सुर्खेत । हुम्लाको नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीका स्थानीयलाई तीन दिन पैदल हिँडेर योजना सम्झौता गर्नु पर्ने बाध्यता रहेको छ ।

गाउँपालिकाले लिमीका लागि विकासे योजनाका काम अगाडि बढाउन सम्झौताका लागि सूचना सार्वजनिक गरेपछि लिमीबाट सदरमुकाम सिमकोट तीन दिन पैदल हिँडेर आउनु परेको हो ।

लिमी जाङ गाउँका फुर्बु लामाले गाउँको धर्मशाला र धर्म घट्ट निर्माणका लागि योजनाको सम्झौता गर्न लिमीबाट सदरमुकाम सिमकोटमा रहेको सम्पर्क कार्यालयमा आउन तीन लगाउनु परेको बताए ।

उनले योजनालाई समयमै सम्पन्न गर्नका लागि न्यालु लेकको हिउँ छिचोलेर सिमकोट आएर बिहीबार सम्झौता गर्ने कार्य भएको बताए। अन्य तीन दिन उनीहरूलाई योजनाको सम्झौताका लागि उपभोक्ता समिति दर्ता देखि अन्य आवश्यक कागजात तयार गर्न लागेको थियो । उनीसहित समितिका चार जना सदस्यहरू योजना सम्झौता कै लागि सदरमुकाम सिमकोटमा आई पुगेका छन् ।

लिमीकै हल्जी गाउँको खानेपानीको मुहान घेरवार योजनाको उपभोक्ता समितिका अध्यक्ष ख्याण्डाप तामाङले लिमीबाट सदरमुकाम सिमकोट पुगेर योजनाको सम्झौता गर्ने कार्य भएको बताए । उनको समितिबाट तीन जनाको टोलीले लिमीबाट सिमकोट आई पुग्न साँढे तीन दिन लगाएको थियो ।

योजना भने १० लाखको रहेको छ । उनले विकास गर्न पनि लिमीका स्थानीयलाई कठिन भएको बताउँदै यसका लागि गाउँमै प्राविधिक पुगेर योजनाको सम्झौता गर्ने व्यवस्था गर्न माग गरे ।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  ९ : २४ बजे

नेपालगन्जमा शनिबारदेखि ‘क्रस बर्डर टुरिज्म कन्क्लेभ-२०२५’ हुँदै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा शनिबार ‘नेपालगन्ज क्रस बर्डर टुरिज्म कन्क्लेभ

दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु

गलकोट । चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका-१० स्थित

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । यहाँका वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका-१

धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज, आगामी कार्यदिशा तय हुने

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ