२२ भदौ २०८३, सोमबार | September 7, 2026

जहाँ योजना सम्झौता गर्नै तीन दिन हिँड्नुपर्छ



सुर्खेत । हुम्लाको नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीका स्थानीयलाई तीन दिन पैदल हिँडेर योजना सम्झौता गर्नु पर्ने बाध्यता रहेको छ ।

गाउँपालिकाले लिमीका लागि विकासे योजनाका काम अगाडि बढाउन सम्झौताका लागि सूचना सार्वजनिक गरेपछि लिमीबाट सदरमुकाम सिमकोट तीन दिन पैदल हिँडेर आउनु परेको हो ।

लिमी जाङ गाउँका फुर्बु लामाले गाउँको धर्मशाला र धर्म घट्ट निर्माणका लागि योजनाको सम्झौता गर्न लिमीबाट सदरमुकाम सिमकोटमा रहेको सम्पर्क कार्यालयमा आउन तीन लगाउनु परेको बताए ।

उनले योजनालाई समयमै सम्पन्न गर्नका लागि न्यालु लेकको हिउँ छिचोलेर सिमकोट आएर बिहीबार सम्झौता गर्ने कार्य भएको बताए। अन्य तीन दिन उनीहरूलाई योजनाको सम्झौताका लागि उपभोक्ता समिति दर्ता देखि अन्य आवश्यक कागजात तयार गर्न लागेको थियो । उनीसहित समितिका चार जना सदस्यहरू योजना सम्झौता कै लागि सदरमुकाम सिमकोटमा आई पुगेका छन् ।

लिमीकै हल्जी गाउँको खानेपानीको मुहान घेरवार योजनाको उपभोक्ता समितिका अध्यक्ष ख्याण्डाप तामाङले लिमीबाट सदरमुकाम सिमकोट पुगेर योजनाको सम्झौता गर्ने कार्य भएको बताए । उनको समितिबाट तीन जनाको टोलीले लिमीबाट सिमकोट आई पुग्न साँढे तीन दिन लगाएको थियो ।

योजना भने १० लाखको रहेको छ । उनले विकास गर्न पनि लिमीका स्थानीयलाई कठिन भएको बताउँदै यसका लागि गाउँमै प्राविधिक पुगेर योजनाको सम्झौता गर्ने व्यवस्था गर्न माग गरे ।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  ९ : २४ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त