६ जेष्ठ २०८३, बुधबार | May 20, 2026

बुटवलको कालिका क्याम्पस स्थापनाको दश वर्षमा नेपालकै उत्कृष्ठ



बुटवल । कलेज संचालनमा आएको बुटवलको कालिका क्याम्पसले स्थापनाको ९ वर्ष पुरा हुँदा देशकै उत्कृष्ठ मध्यको क्याम्पस बन्न सफल भएको छ । त्रिभुवन विश्व विद्यालयका अंगिक क्याम्पसमा उत्कृष्ठ अंक ल्याउन सफल कालिका सामुदायिक कलेज ९ वर्षकैबीचमा आफ्नै सुबिधासम्पन्न भवनमा संचालनमा समेत आएको छ ।

शनिबार कलेजमा पत्रकार सम्मेलन गरि विद्यालयका प्राचार्य घनश्याम पाठकले कलेज १० वर्षको समयमा अत्याधुनिक भवनसंगै कक्षाकोठा, फर्निचर, प्रयोगशाला बनाउन सफल भएको जानकारी दिए । कालिका सामुदायिक कलेजको नवौ वार्षिकोत्सब तथा अभिभावक दिवसमा भवन उद्घाटन गरिने उनले जानकारी दिए। भवनको पुर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलबाट मंसिर २३ गते भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

विविएस, विविए, विएड गरि ३ विषयमा अध्ययन गराइने सामुदायिक कलेजतर्फ देशमै प्रथम भएको उनले बताए । यसैगरि देशभर रहेको आँगिकका १ सय २६ विसिए कलेज रहेकोमा कालिका तेस्रो स्थानमा आएको पनि प्राचार्य पाठकले बताए ।

शुरुवातमा पहिलो ब्याचले ३ लाख ८ हजार रुपैयामा ८ सेमिष्टर पढ्दा खर्च लाग्ने गरेकोमा समयसापेक्ष पछिल्लोसमय ६ लाख रुपैयाको प्याकेजमा अध्यापन गराइँदै आएको छ ।

कलेजमा लाईब्ररीलाई रिसर्च सेन्टरको रुपमा बढाउने रुपमा सरकारबाट आवश्यक सहयोग मिलेर अगाडि बढने उनले बताए ।

नेपाल सरकार अर्थ मन्त्रालयबाट ६ करोड रुपैया क्याम्पसको आन्तरिक आम्दानीबाट सहयोगबाट भवन बनाएको उनले जनाए । कलेजमा हाल ३५ जनाबाट शरु भएको कलेजमा हाल २ हजार ८ सय विद्यार्थीहरु अध्ययरत छन । कलेजमा ७५ जना प्राध्यापक र कर्मचारीहरु छन ।

 

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  ११ : ३४ बजे

बुद्धएयरको नेपालगन्ज पोखरा उडान स्थगन

नेपालगन्ज । करिब पाँच वर्षदेखि सञ्चालन हुँदै आएको बुद्धएयरको नेपालगन्ज

प्रशासकीय अदालत : कार्यक्षेत्र एकातिर, सेवाग्राही अर्कातिर

काठमाडौँ । प्रशासकीय अदालतको कामकारबाही र कार्यक्षेत्रबारे सेवाग्राहीका रूपमा रहेका

सरकार जवाफदेही नभएसम्म विरोध जारी रहन्छ : हर्कराज राई

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राईले

तोलामा तीन हजार तीन सयले घट्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य ओरालो लागेको

श्रम संस्कृति पार्टीद्वारा सदनमा पुनः पर्चासहित प्रदर्शन, सभामुखद्वारा चेतावनी

काठमाडौं । श्रम संस्कृति पार्टीले बुधबार पनि प्रतिनिधिसभा बैठकमा विरोध