२२ मंसिर २०८२, सोमबार | December 8, 2025

फिफा विश्वकप २०२२ : आज फ्रान्स र पोल्यान्ड तथा इंग्ल्यान्ड र सेनेगल भिड्दै



काठमाडौं । कतार फिफा विश्वकप २०२२ अन्तर्गत आइतबार प्रिक्वाटरफाइनलका दुई खेल आयोजना हुँदैछन् । दोहामा पहिलो खेलमा फ्रान्स र पोल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार राति पौने ८ बजे अल थुमामा मैदानमा हुनेछ ।

फ्रान्स र पोल्यान्डबीच विश्वकपमा दोस्रो भेट हुन लागेको हो । सन् १९८२ मा भएको तेस्रो स्थानको भेटमा पोल्यान्डले ३-२ ले जितेको थियो । पोल्यान्ड समूह डी को विजेता बन्दै नकआउट पुगेको थियो ।

पोल्यान्ड भने समूह सी को उपविजेता भएको हो । पछिल्लो सात भेटमा फ्रान्स पोल्यान्डविरुद्ध अपराजित छ । सन् २००६ पछि नकआउट चरण पुग्ने फ्रान्स साविक विजेता बनेको छ ।

राति पौने एक बजे हुने खेलमा इंग्ल्यान्ड र सेनेगल आमुने सामुने हुनेछन् । खेल अल बायत मैदानमा हुनेछ । गेराथ साउथगेटको प्रशिक्षणमा इंग्ल्यान्ड समुह बी को विजेता बनेको थियो । विश्वकपमा इंग्ल्यान्डले एक सय गोल पूरा गरेको छ ।

अफ्रिकन च्याम्पियनविरुद्ध इंग्ल्यान्डका ह्यारी केन, मार्कुस रसफार्ड, फिल फोडेन, जड विलिंघम, रहिम स्टर्लिङ जस्ता खेलाडी हुनेछन् । सेनेगल भने समूह ए को उपविजेता रुपमा नक आउट चरणमा पुगेको थियो ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  ७ : २० बजे

एमाले महाधिवेशनको तयारी तीव्र

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ महाधिवेशनको उद्घाटनस्थल भक्तपुरको

फरक मतमाथि असहिष्णु नबन्न पार्टी संस्थापन पक्षलाई ईश्वर पोखरेलले गराए सचेत (अवधारणापत्र)

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले फरक मत

भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन प्रचण्डसमक्ष आग्रह

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुकुम्वासी

भानुभक्तका पाण्डुुलिपिको संरक्षणसँगै जन्मस्थलको विकासको चासो

पोखरा । “भर् जन्म घाँस तिर मन् दिई धन कमायो

लुम्बिनी ईटा संघमा पदस्थापन, सस्थागत सदृढिकरणमा जोड

भैरहवा । लुम्बिनी ईटा उद्योग व्यवसायि संघमा निर्वाचित नयाँ कार्यसमितिलाई