५ श्रावण २०८३, मंगलबार | July 22, 2026

पाकिस्तानी दूतावासमा कला प्रदर्शनी र कलाकार संवाद कार्यक्रम



काठमाडौं । नेपालस्थित पाकिस्तानी दूतावासमा ‘नेपाली कलाकारको ब्रसबाट पाकिस्तानका रङहरू’ शीर्षकमा कला प्रदर्शनी तथा कलाकार संवाद कार्यक्रम आयोजना गरिएको छ । प्रदर्शनीमा नेपाली कलाकार बिधाता केसीका कृतिहरू प्रदर्शन गरिएको थियो । केसीका अनुसार उहाँका कृत्ति पाकिस्तान भ्रमण र त्यहाँका अनुभवबाट प्रेरित थिए ।

त्यस अवसरमा नेपालका लागि पाकिस्तानका राजदूत अबरार हाश्मीले कलाकारको उत्कृष्ट कार्य तथा नेपाली दृष्टिकोणबाट पाकिस्तानको सृजनात्मक प्रस्तुतीकरणको सराहना गरेका थिए। उनले सांस्कृतिक कूटनीति पाकिस्तान–नेपाल सम्बन्धको एक महत्वपूर्ण स्तम्भ रहेको उल्लेख गर्दै दूतावास साझा इतिहास, संस्कृति तथा पारस्परिक समझदारी प्रवद्र्धनप्रति प्रतिबद्ध रहेको बताएका थिए ।

कलाकार केसीले पाकिस्तानमा सम्पन्न ‘दक्षिण एसियाली देशहरूका लागि कलाकार आवासीय कार्यक्रम’ मा सहभागिताको आफ्नो अनुभव सुनाएका थिए। उनले पाकिस्तानका विभिन्न स्थानको भ्रमणका क्रममा प्राप्त गरेका समृद्ध कलात्मक, सांस्कृतिक तथा सामाजिक छापहरूले आफ्ना सिर्जनामा कसरी प्रेरणा दिएकाबारे बर्णन गरेका थिए। उनले पाकिस्तानको कला र संस्कृतिप्रति प्रशंसा व्यक्त गर्दै आफ्नो बसाइका क्रममा प्राप्त आतिथ्यताप्रति धन्यवाद दिएका थिए ।

कार्यक्रममा अन्य अतिथिहरूले कार्यक्रम आयोजनाका लागि पाकिस्तान दूतावासको प्रयासको प्रशंसा गर्दै कलाकार केसीका कृतिहरूमा झल्किएको कलात्मक उत्कृष्टता तथा भावपूर्ण अभिव्यक्तिको सराहना गरेका थिए ।

सो अवसरमा आगामी ५ देखि ७ फेब्रुअरी २०२६ सम्म काठमाडौँमा पाकिस्तान फुड फेस्टिभल आयोजना गरिने घोषणासमेत गरिएको थियो । यसले नेपाली जनतालाई पाकिस्तानको समृद्ध सांस्कृतिक सम्पदा तथा परिकार परम्पराको स्वाद लिन अर्को अवसर प्रदान गर्ने बताइएको छ ।

कार्यक्रममा कला प्रेमी, कलाकार, नागरिक समाजका प्रतिनिधि, सञ्चारकर्मी, सामाजिक सञ्जाल प्रभावक तथा पाकिस्तान दूतावासका कर्मचारी र परिवारजनको उपस्थिति थियो । विविध पृष्ठभूमिका सहभागीहरूको उपस्थितिले नेपाल र पाकिस्तानबीचको सांस्कृतिक आदानप्रदान तथा जनस्तरको सम्बन्धप्रतिको चासोलाई झल्काएको थियो ।

प्रकाशित मिति : १६ माघ २०८२, शुक्रबार  ३ : ५२ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं