३१ भदौ २०८३, बुधबार | September 16, 2026

अन्तरविद्यालय क्रिकेट प्रतियोगिता सुरु, एभरेष्टको विजयी सुरुवात



भैरहवा । रुपन्देहीको भैरहवामा आइतबारदेखि स्व.शेरबहादुर सेन्चुरी मेमोरियल अन्तरविद्यालय स्तरीय टी–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । रुपन्देही क्रिकेट संघको आयोजनामा सुरु प्रतियोगिताको उद्घाटन खेलमा एभरेष्ट बोर्डिङ स्कूल बुटवलले साइग्लोबल एकेडेमीलाई ९ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानामा टस जितेर ब्याटिङ गरेको साइग्लोबलले निर्धारित खेलमा ९ ओभरमा सबै विकेट गुमाउँदै ५९ रन जोड्यो । उसका लागि मोहम्द हुसेनले २० रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । उसलाई सस्तैमा रोक्न एभरेष्टका रोजन रेग्मीले ४, कुशल अर्यालले ३ र शौरभ भण्डारीले १ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको एभरेष्टले ६ ओभरमा १ विकेटको क्षतिमा ६० रन जोड्दै जित निकाल्यो । उसको जितमा चाल्स भट्टराईले १५ र सन्देश थापाले ८ रन बनाए । बलिङमा साइग्लोबलका निर्वाण क्षेत्रीले १ विकेट लिए । एभरेष्टका रोजन रेग्मी म्यान अफ द म्याच भई ५ सय रुपैयाँबाट पुरस्कृत भए ।

लामो समयदेखि रुपन्देही क्रिकेट संघले संचालन गर्दै आएको यो प्रतियोगिता पछिल्ला दुई वर्ष कोरोना महामारीका कारण रोकिएको थियो । यसपटक महामारी कम भएकाले पुनः प्रतियोगिता सुरु गरिएको संघका अध्यक्ष हरिबहादुर थापाले बताए । प्रतियोगिताको बिजेता टिमले नगद ३० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्ने खेल संयोजक उदयकुमार मल्लिकले जनाए ।

उनका अनुसार उपबिजेता टिमलाई नगद १५ हजार रुपैयाँ र ट्रफी प्रदान गरिने छ । यस्तै, म्यान अफ द सिरिजलाई ५ हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानलाई दुई हजार ५ सय, प्रत्येक खेलको म्यान अफ द म्याचलाई ५ सय रुपैयाँ प्रदान गरिने छ । प्रतियोगिताको अन्तिममा अनुशासित खेल प्रदर्शन गर्ने एक टिमलाई पनि पुरस्कृत गरिने छ ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  ४ : ०० बजे

ठमेलमा शान्ति भङ्ग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ । काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं

अलमलमा नपरी कांग्रेस महाधिवेशनमा जुट्न सभापति थापाको आह्वान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

काठमाडौँ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज

रास्वपा सभापति लामिछानेले फेरि बोलाए सर्वदलीय बैठक, यस्ता छन् एजेन्डा

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक

नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज