७ श्रावण २०८३, बिहिबार | July 23, 2026

स्कटल्याण्डसँग नेपाल तीन विकेटले पराजित



काठमाडौं । नामिबियामा चलिरहेको आईसीसी क्रिकेट विश्व कप लिग–२ अन्तर्गत एकदिवसीय शृङ्खलामा स्कटल्यान्डले नेपाललाई तीन विकेटले पराजित गरेको छ ।

नेपालले जीतका लागि प्रस्तुत गरेको १ सय ३८ रनको लक्ष्य स्कटल्याण्डले मात्र ३२।१ ओभरमा ७ विकेटको क्षतिमा पछ्याएको हो । स्कटल्याण्डलाई जित दिलाउन क्रिस्टोफर म्याकब्राइडले ४३ तथा ब्रान्डन म्याकमुलेनले नटआउट रहँदै ३२ रन बनाए । नेपालका लागि सागर ढकाल,  गुल्सन झा र ललित राजवंशीले २र२ विकेट लिए ।​

विन्डहोक मैदानमा भएको खेलमा नेपालले टस हारेर पहिलो ब्याटिङ गर्दै सबै विकेट गुमाएर १ सय ३७ रन बनाएको थियो । नेपालका लागि गुल्सन झाले सर्वाधिक २९ रन बनाए । ज्ञानेन्द्र मल्लले २५ रन, अर्जुन साउदले १८ रन तथा कप्तान रोहित पौडेलले १७ रनको योगदान दिए । स्कटल्याण्डका लागि क्रिस सोलले ३ विकेट तथा मार्क वाटले २ विकेट लिए ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  ७ : ५० बजे

मधेशका पूर्वअर्थमन्त्री शैलेन्द्र साहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। सर्लाहीको बाग्मती म्युनिसिपल पार्क तथा रिसोर्ट निर्माणमा अनियमितता भएको

‘कानुन सुधार वर्ष’ सफल पार्न उच्चस्तरीय समिति गठन

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले घोषणा गरेको

लोकतान्त्रिक परिवर्तनको अगुवाइ राजनीतिक दलबाटै भएको हो : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताको अधिकार

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै

नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न सरकार प्रयासरत छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाललाई ‘ग्रे लिस्ट’ बाट