२६ माघ २०८१, शनिबार | February 8, 2025

मधेसी समुदायमाथि अपमानजनक शब्द प्रयोग नगर्न आयोगको अपिल



काठमाडौं । मधेसी आयोगले विगत केही दिनदेखि मधेसी समुदायलाई लक्षित गरी विभिन्न व्यक्तिले अपमानजन्य शब्द प्रयोग गरी सामाजिक सद्भावमा खलल पार्ने काम गरिरहेको भन्दै त्यस्ता अमानवीय, गैरसंवैधानिक र गैरकानूनी कार्य नगर्नरनगराउन सबैलाई सचेत गराएको छ ।

आयोगले आज विज्ञप्ति जारी गर्दै मधेसी समुदायलाई लक्षित गर्दै विभिन्न व्यक्तिहरुले ‘धोती, भैया, मधिके काले’ जस्ता अपमानजनक शब्द प्रयोग गरी सामाजिक सद्भाव भड्काउने कार्य गरिहेकोबारे आयोगसमक्ष विभिन्न उजुरी प्राप्त भएको र यस्ता गैरकानूनी कार्यले राष्ट्रिय एकतामा समेत खलल पार्न सक्ने भएकाले त्यसप्रति आयोग गम्भीर सचेत रहेको जनाएको छ ।

आयोगले त्यस्ता उजुरीमाथि तुरुन्त सम्बन्धित निकायलाई पत्राचार गरी छानबिन तथा कडाभन्दा कडा कारबाही गर्नका लागि सिफारिससमेत गरिरहेको जनाएको छ । आयोगको सिफारिसपश्चात् सम्बन्धित निकायले विभिन्न घटना छानबिन गरी दोषीलाई कानूनी दायरामा समेत ल्याएको तथा यस्ता संवेदनशील घटनामा स्थलगत अनुगमतसमेत हुने गरेको आयोगले सबैमा जानकारी गराएको छ ।

“कुनै पनि जात, धर्म, समुदाय वा संस्कृतिमाथि प्रहार गर्नु अमानवीय, गैरसंवैधानिक र गैरकानूनी कार्य हो भन्दै यस्ता कार्यहरू नगर्न/नगराउनु हुन आयोग सबैलाई सचेत गराउँदछ । कुनै पनि व्यक्ति वा संस्थाले त्यस्तो गैरकानूनी कार्य गरेमा नेपालको प्रचलित कानूनबमोजिम कडाभन्दा कडा कारबाही हुने व्यहोरासमेत जानकारीका लागि अनुरोध छ”, आयोगको विज्ञप्तिमा भनिएको छ ।

‘जहाँ समस्या, त्यहीँ मधेसी आयोग’ को मूलमन्त्रसहित आयोगले आफ्नो संवैधानिक दायराभित्र रही मधेसी समुदायको संरक्षण, संवद्र्धन तथा सशक्तीकरणका लागि अहोरात्र काम गरिरहेको पनि स्पष्ट पारेको छ ।

साथै, मधेसी समुदायको अधिकार उल्लङ्घन गर्नेरगराउने र सो समुदायमा प्रहार गर्ने व्यक्ति वा संस्थाको विरुद्धमा आयोग ऐन २०७४ (७) अनुसार उजुरी दिन आयोगले अनुरोध गरेको छ । टेलिफोन ०१–५२६११८५, हटलाइन ११४८, टोल फ्री १६६००११६१८५ तथा आयोगको सामाजिक सञ्चालनमा इमेलमार्फत सम्पर्क गर्न आयोगले अनुरोध गरेको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  ८ : ०६ बजे

पुलिस क्लब परिसरमा सञ्चालनमा आयो ‘द ब्लु पेभेलियन’

काठमाडौँ । प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लब परिसरमा अत्याधुनिक सुविधासहितको ‘द

निर्माण व्यवसायी रुपन्देहीको साधारणसभा सम्पन्न : दिगो पूर्वाधार विकासका लागि सहकार्य आवश्यक

बुटवल । रुपन्देहीमा क्रियाशील निर्माण व्यवसायीहरूको छाता संगठन लुम्बिनी निर्माण

मौलिक कला संस्कृतिलाई समुदायको आयआर्जनसँग जोड्न जरुरी छः मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले परम्परागत मौलिक कला

नबिल बैंकको नबिल एसएसई फेलोशिप सम्पन्न, ४५ उद्यममा १२ सयजनाले पाए रोजगारी

काठमाडौ । नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप

रुपन्देहीको रोहीणीमा रहेको पशुपति माविका बालबालिकालाई पहिलो पाइला नेपाल बुटवलले गर्यो न्यानो कपडा वितरण

बुटवल । पहिलो पाइला नेपाल बुटवल शाखाले रुपन्देहीको रोहीणी गाउँपालिका-६