२ माघ २०८२, शुक्रबार | January 16, 2026

तोरी खेतीमा किसानको आकर्षण बढेन



रेसुङ्गा । पछिल्लो समय व्यावसायिक तोरी खेतीमा किसानको आकर्षण बढेको छैन । रेसुङ्गा नगरपालिका-५ का पिताम्बर पन्थीले तेलको अड्कोपड्कोका लागि मात्र तोरी खेती गरेका छन । “मैले व्यावसायिक किनबेचका लागि नभई घरका लागि तोरी खेती गरेको छु”, उनले भने, “तोरी खेती सजिलो भए पनि व्यावसायिकतर्फ कसैको ध्यान पुगेन”, पन्थीले भने । आफूले गरेको तोरी खेती सधैँ आकाशे पानीको भरमा रहेकाले अहिले सोचेजस्तो उत्पादन नहुने ६२ वर्षीय पन्थीले बताए ।

तीनमहिने बालीका रूपमा रहेको सो खेतीका लागि धेरै मेहेनत पनि गर्नुपर्दैन । असोजमा तोरी छरेपछि मङ्सिरमा तोरी छिन्ने समय हुन्छ । तोरीलाई झार गोड्ने, बारम्बार सिँचाइ गर्ने, धेरै मल राख्नुपर्ने र लगातार हेरचाह गर्नुपर्ने आवश्यक पर्दैन ।

सोही स्थानका किसान चन्द्रकला मरासिनी बजारमा तेलहनजन्य पदार्थको मूल्य आकाशिएको बखत आफ्नो खेतबारीमा तोरी खेतीको उत्पादन घट्ने पिरलोमा छन । “असोजमा तोरी छरियो, कात्तिक अन्तिमसम्म पनि पानी परेन”, उनी भन्छन, “बजारबाट किनेर तेल खान सक्ने अवस्था छैन”, उनले दुःखेसो गरे । समयमा मल पाउने, बीउ पाउने र सिँचाइको सुविधा भएमा तोरी खेतीमा आकर्षण हुने मरासिनीको भनाइ छ ।

रेसुङ्गा–४ का दीननाथ भण्डारीले आकाशे पानीको भरमा तोरी खेती गर्नुपर्ने बाध्यता भएकाले व्यावसायिकतर्फ नगएको बताए । समयमा पानी परे राम्रो हुने र पानी नपरे लगानी खेर जाने जोखिमका कारण सबै किसान तोरी खेतीतर्फ आकर्षित नभएको भण्डारीको भनाइ छ । “अघिल्लो वर्ष समयमा पानी परेकाले राम्रै तोरी उत्पादन भयो तर यसपटक लगानी खेर जानेजस्तो छ”, उन भने, “मौसमी वर्षाका भरमा गरेको खेती एकनाश हुँदैन”, निराश हुँदै उनले भने ।

यति मात्र होइन, जिल्लाका सबै ठाउँमा व्यावसायिक तोरी खेतीतर्फ कसैको ध्यान पुगेको छैन । अड्कोपड्कोका लागि मात्र तोरी खेती गर्नेहरू बढी भेटिन्छन् । बजारमा मूल्य आकाशिएको भए पनि तेलहन आयातकै भरमा रहेको छ । तोरी खेतीमा पनि पर्याप्त मात्रामा किसानको आकर्षण छैन । आंशिकरूपमा खेती गरिरहेका किसान पनि विभिन्न समस्याबाट हैरानी खेप्न बाध्य छन् ।

कृषि ज्ञान केन्द्र गुल्मीका बाली संरक्षण अधिकृत प्रकाश मरासिनीले जलवायु परिवर्तनका कारण समयमा पानी नपरेकाले यो वर्ष तोरी उत्पादन घट्न सक्ने जानकारी दिए । तेलहनको बजारभाउ बढेकाले तुलानात्मकरूपमा तोरी खेती गर्ने बढेको र अघिल्लो वर्ष समयमा परेको पानीका कारण उत्पादन पनि बढेको उनले बताए ।

गत वर्ष गुल्मीको पाँच सय ८३ हेक्टर क्षेत्रफलमा पाँच सय ८९ मेट्रिक टन तोरी उत्पादन भएको थियो । यस वर्ष दुई प्रतिशतले उत्पादन घट्न सक्ने ज्ञान केन्द्रको प्रारम्भिक अनुमान छ । “समयमा पानी पनि परेन, हुर्किन लागेको तोरीमा लाही किराको समस्या बढ्यो”, उनले भने । तोरी खेतीको क्षेत्रफल केही बढे पनि विषादी प्रयोग गर्न नहुने कारणले उत्पादनमा ह्रास आएको उनले बताए ।

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलबार  १० : २७ बजे

निर्वाचन आयोगले दियो गगन थापा कांग्रेसलाई मान्यता

काठमाडौं । निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई मान्यता

सहकारी बेथिति छानबिनका लागि आयोग गठन

काठमाडौं । सरकारले सहकारी क्षेत्रमा देखिएको बेथिति सम्बन्धी छानबिन तथा

एमालेको राजधानी विशेष कमिटीको घोषणा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संशोधित विधानअनुसार गठित

रुपन्देहीका पाँचै निर्वाचन क्षेत्रमा खुले निर्वाचन कार्यालय

बुटवल । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देही जिल्लाका पाँचवटै निर्वाचन

निर्वाचन आयोग परिसरमा कांग्रेसका दुवै पक्षको प्रदर्शन

काठमाडौं । निर्वाचन आयोगको कार्यालय परिसरमा नेपाली कांग्रेसका दुवै पक्षले