१७ जेष्ठ २०८३, आइतबार | June 1, 2026

बाँकेमा धार्मिक पर्यटकीय क्षेत्रको विकास हुँदै


२० मंसिर २०७९, मंगलबार  

598
Shares

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा रहेका मठमन्दिरलाई नेपालगञ्जसँग जोडेर धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने भएको छ ।

ति गाउँपालिकामा रहेका भुवरभवानी, बाबाबर्फानी सन्तानेश्वर हुँदै नेपालगञ्जको बागेश्वरी मन्दिरलाई जोडेर धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने योजना अघि सारिएको छ । यसले जिल्लाका ग्रामिण क्षेत्रका धार्मिक केन्द्र र नेपालगञ्जमा रहेको बागेश्वरी मन्दिर लगायतका केन्द्रलाई जोडेर पर्यटकीय गन्तव्यको रुपमा बिकास गरिने योजना छ ।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित सूर्य ढकालले अबको पाँच वर्षभित्र सन्तानेश्वर महादेव मन्दिर क्षेत्रलाई व्यवस्थित बनाइने र राप्तिसोनारी गाउँपालिकाको भुवरभवानी, नेपालगञ्जको बागेश्वरी मन्दिर र नरैनापुरको सन्तानेश्वर र बाबाबर्फानी मन्दिरलाई जोडेर धार्मिक पर्यटनको रुपमा विकास गरिने जानकारी दिए ।

“धार्मिक पर्यटनको प्रचुर सम्भावना देखिन्छ तर त्यसका लागि नीति र योजना चाहिन्छ” उनले भने । समानुपातिकतर्फका प्रदेशसभा सदस्य वसन्ती अधिकारीले सबैका आस्थाका रुपमा रहेका सन्तानेश्वर महादेव मन्दिर दर्शनका लागि नरैनापुर धार्मिक एवं पर्यटकीय गन्तब्य बन्दै गएको बताए । उनले यस क्षेत्रको विकासका लागि पर्यटन प्रवद्र्धनको कार्यक्रम अघि बढाइने जानकारी दिए ।

तराईको पहाड भनेर चिनिने सन्तानेश्वर महादेव मन्दिर दर्शनका लागि नरैनापुर ६ कोहलाबाट उत्तरपूर्व जङ्गलको अप्ठेरो बाटोलाई छिचोल्दै पहाड चढेर पुग्न सकिन्छ ।

यस क्षेत्रबाट तराईको रमणीय दृश्वावलोकन समेत गर्न सकिन्छ । धार्मिक पर्यटनको प्रचुर सम्भावना बोकेको चुरेको टाकुरामा अवस्थित सन्तानेश्वर महादेवको दर्शन गर्न बाँके जिल्लाबाट मात्र नभइ अन्य विभिन्न जिल्लाबाटसमेत दर्शन गर्न आउने स्थानीय सोहनलाल यादवले बताए।

करिब तीन घण्टाको पहाडी बाटो छिचोल्दै प्रतिनिधिसभा सदस्य ढकालसहित ५० भन्दा बढीको टोली दर्शनका लागि त्यहाँ पुगेको थियो । सन्तानेश्वर मदिरको दर्शनपछि ढकालले त्यहाँका पूजारी योगानन्द गिरीसङ्ग कुरा गर्दै आफूले यस क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि उल्लेख्य काम गर्ने र पर्यटकीय सम्भावना बोकेको मन्दिरमा जाने बाटो सहज बनाउन पहल थाल्ने बताए । उनले त्यस क्षेत्रको विकासका लागि होमस्टेको अवधारणा ल्याउने योजना बनाउने जानकारी दिए ।

नेपालगञ्जबाट करिब ३७ किलोमिटर पूर्वदक्षिणमा रहेको नरैनापुरको कोहलादेखि ८ किलोमिटर उत्तर पूर्व पहाडमा सो मन्दिर रहेको छ । यस मन्दिरमा सन्तान नभएकाहरुले यहाँ पुगेर दर्शन गर्दा सन्तान लाभ हुने र सन्तान भएपछि त्यहाँ पुगेर आफ्नो सन्तानको लागि गरेको मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको पुजारी योगानन्द गिरीले बताए ।

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलबार  ११ : ५८ बजे

चार दिनमा पचास हजार बढीले गरे मुक्तिनाथको दर्शन

मुस्ताङ । यहाँस्थित मुक्तिनाथ मन्दिरमा पछिल्ला चार दिनमा करिब ५०

बालिकालाई करणी गरेको अभियोगमा एक जना पक्राउ

म्याग्दी । धवलागिरि गाउँपालिका–७ मा १३ वर्षीया बालिकालाई जबर्जस्ती करणी

प्रधानमन्त्रीको अभिव्यक्ति ‘सीमा वारपारको जग्गा भोगाधिकार’सँग सम्बन्धित छ : परराष्ट्र

काठमाडौँ । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा

सीमाविद् र विज्ञहरूबाट प्रधानमन्त्रीको अभिव्यक्ति प्रति खेद प्रकट

काठमाडौँ । सीमाविद् र विज्ञहरूले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा

संयोजक प्रचण्डको स्वास्थ्य अवस्था स्थिर : अस्पताल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल