१७ असार २०८३, बुधबार | July 1, 2026

लेडी गागाको कुकुर डुलाउनेमाथि आक्रमण : बन्दुकधारीलाई २१ वर्ष जेल



न्युयोर्क । लेडी गागाको कुकुर डुलाउनेलाई गोली हानेर घाइते बनाउनेमध्येका एक व्यक्तिलाई २१ वर्षको जेल सजाय सुनाइएको छ । जेम्स हवार्ड ज्याक्सनलाई अदालतले उक्त सजाय सुनाएको हो । ज्याक्सन आक्रमणमा अभियोग लगाइएका पाँच जना मध्ये एक हुन् ।

सन् २०२१ को फेब्रुवरी २४ मा लेडी गागाका तीन वट फ्रान्सेली बुलडगलाई डुलाउँदै गर्दा  रायन फिसरलाई ज्याक्सनसहितको एउटा समूहले गोली हानेको थियो । आक्रमणकारीहरुले भागेर उनका दुई वटा कुकुरहरु कोजी र गुस्ताभ चोरेको थियो । तेस्रो बुलडग मिस एसिया पछि पुलिसले फेला पारेको थियो ।

आक्रमणमा गम्भीर घाइते भएका फिसर बाँच्न भने सफल भएका थिए । गागाले ५ लाख डलर इनाम घोषणा गरेपछि कुकुर फिर्ता गरिएको थियो ।

फिसरले आक्रमणपछि आफ्नो फोक्सोको एक भाग हटाउनु परेको बताए । उनी सोमबारको अदालतको सुनुवाइमा उपस्थित भए । गोलीबारीले आफ्नो जीवन सधैंका लागि परिवर्तन गरेको बताए ।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  ७ : ५४ बजे

विश्वविद्यालय शिक्षा सुधारमा फड्को : कार्यान्वयनमा आयो राष्ट्रिय शैक्षिक पात्रो

काठमाडौँ । उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी

बालबालिकालाई पार्टी सदस्यता दिएको विषयमा मानवअधिकार आयोगद्वारा रास्वपासँग स्पष्टीकरण माग

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्यता

लाहोरमा शिक्षण केन्द्रको छत खस्यो, १४ बालबालिकाको मृत्यु

लाहोर । पाकिस्तानको पूर्वी सहर लाहोरस्थित एक निजी शिक्षण केन्द्रमा

नेप्से परिसूचकमा ४४ अङ्कको बृद्धि

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

रास्वपाको अनुशासन आयोग प्रमुखमा लेखनाथ पौडेल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनपछि बसेको पहिलो