३० भदौ २०८३, मंगलबार | September 16, 2026

रामोस कतार विश्वकपको पहिलो ह्याट्रिककर्ता



काठमाडौं । स्ट्राइकर गोन्कालो रामोस कतार विश्वकप २०२२ मा पहिलो ह्याट्रिककर्ता बनेका छन् । पोचुगल २१ वर्षे युवा स्टा«इकर जारी विश्वकपमा ह्याट्रिक गर्ने पहिलो खेलाडी हुन् ।

बेन्फिकाबाट व्यवसायीक फुटबल खेलिरहेका रामोसको यो पहिलो विश्वकप हो । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई विस्थापित गर्दै प्लेइङ सेटमा स्थान बनाएका रामोसले ७४ मिनेट मैदानमा रहँदा तीन गोल गरेका थिए ।

बुधबार राति युरोपेली प्रतिद्धन्द्धी स्विट्जरल्यान्डलाई ६–१ ले पराजित गर्दै पोर्चुगल कतार अन्तिम आठमा प्रवेश गरेको छ ।

दोहास्थित लुसेल आइकोनिक रंगशालामा रामोसले ह्याट्रिक गर्दा पेपे, राफेल गुइमारेज र राफयल लिआओले एक एक गोल गरका थिए ।

रामोसले १७औं मिनेटमा जोआवो फेलिक्सको पासमा पहिलो गोल गरेका थिए । रामोसले डिएगो डालोटको पासमा दोस्रो व्यक्तिगत गोल ५१औं मिनेटमा गरे । रामोसले ६७औं मिनेटमा ह्याट्रिक पुरा गरे ।

रसिया विश्वकप २०१८ मा दुई ह्याट्रिक भएका थिए । पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र इंग्ल्यान्डका ह्यारी केनले ह्याट्रिक पुरा गरेका थिए ।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  ८ : ५४ बजे

ठमेलमा शान्ति भङ्ग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ । काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं

अलमलमा नपरी कांग्रेस महाधिवेशनमा जुट्न सभापति थापाको आह्वान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

काठमाडौँ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज

रास्वपा सभापति लामिछानेले फेरि बोलाए सर्वदलीय बैठक, यस्ता छन् एजेन्डा

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक

नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज