५ श्रावण २०८३, मंगलबार | July 22, 2026

बाँकेमा माटोको उर्वरा शक्ति ह्रास


२१ मंसिर २०७९, बुधबार  

247
Shares

बाँके । बाँके जिल्लामा माटोको उर्वरा शक्ति क्रमिक रूपमा ह्रास हुँदै गएको एक अध्ययनले देखाएको छ ।

माटो तथा मल परीक्षण कार्यशाला खजुराले माटोको उर्वरा शक्ति खस्किँदै गएको प्रतिवेदन सार्वजनिक गरेको हो ।

प्रयोगशालाका प्रमुख तथा बाली संरक्षण अधिकृत कमल शाहीका अनुसार नेपालमा पहिलोपटक ३२ वर्षअघि ५५ जिल्लामा माटो सर्भे भएको थियो । पछि साविक ७५ वटै जिल्लामा माटो परीक्षण गर्दा उर्वरा शक्ति ह्रास, प्राङ्गारिक पदार्थ घटिरहेको र माटो अम्लीय वा क्षारीय बन्दै गएको छ । उनले नेपालमा माटोको उर्वरा शक्तिको स्थिति हेर्दा हिमाल, पहाडभन्दा तराई–मधेसको माटोको उर्वरा शक्ति कमजोर देखिएको बताए ।

माटो निर्देशनालयको प्रतिवेदनअनुसार सबैभन्दा बढी तराई र मधेसका आठ जिल्लामा धेरै माटोको उर्वरा शक्ति ह्रास भएको छ । तीमध्ये बाँके जिल्ला पनि एक हो । प्रयोगशालाले बाँकेमा आर्थिक वर्ष २०७७/ ७८ र २०७८/७९ मा कुल नौ सय ४९ वटा माटोको नमूना जाँच गरेको थियो । तीमध्ये दुई सय २१ मा अम्लियपना, तीन सय ४७ मा तटस्थता र तीन सय ८१ मा क्षारीयपना देखिएको प्रयोगशालाले जनाएको छ ।

तीनमध्ये बाँकेमा सबैभन्दा धेरै ४० प्रतिशत माटोमा क्षारीयपना रहेको छ भने २३ प्रतिशत माटोमा अम्लियपना र ३७ प्रतिशत माटो तटस्थ अवस्थामा रहेको छ । बाँकेको माटोको प्राङ्गारिक पदार्थ जाँच र विश्लेषण गर्दा ९५ प्रतिशत माटोमा प्राङ्गारिक पदार्थ नरहेको पाइएको छ ।

माटोको उर्वरा शक्ति बढाउन कृषकलाई गोठेमल उत्पादनमा जोड, चुना तथा जिप्समको प्रयोग र भकारो सुधार कार्यक्रमको निरन्तरता तथा नियमित माटो जाँच गर्नेलगायतका प्रयास भइरहेको बाली संरक्षण अधिकृत शाहीले बताए ।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  १० : ३९ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं