२० मंसिर २०८२, शनिबार | December 6, 2025

बाँकेमा माटोको उर्वरा शक्ति ह्रास


२१ मंसिर २०७९, बुधबार  

247
Shares

बाँके । बाँके जिल्लामा माटोको उर्वरा शक्ति क्रमिक रूपमा ह्रास हुँदै गएको एक अध्ययनले देखाएको छ ।

माटो तथा मल परीक्षण कार्यशाला खजुराले माटोको उर्वरा शक्ति खस्किँदै गएको प्रतिवेदन सार्वजनिक गरेको हो ।

प्रयोगशालाका प्रमुख तथा बाली संरक्षण अधिकृत कमल शाहीका अनुसार नेपालमा पहिलोपटक ३२ वर्षअघि ५५ जिल्लामा माटो सर्भे भएको थियो । पछि साविक ७५ वटै जिल्लामा माटो परीक्षण गर्दा उर्वरा शक्ति ह्रास, प्राङ्गारिक पदार्थ घटिरहेको र माटो अम्लीय वा क्षारीय बन्दै गएको छ । उनले नेपालमा माटोको उर्वरा शक्तिको स्थिति हेर्दा हिमाल, पहाडभन्दा तराई–मधेसको माटोको उर्वरा शक्ति कमजोर देखिएको बताए ।

माटो निर्देशनालयको प्रतिवेदनअनुसार सबैभन्दा बढी तराई र मधेसका आठ जिल्लामा धेरै माटोको उर्वरा शक्ति ह्रास भएको छ । तीमध्ये बाँके जिल्ला पनि एक हो । प्रयोगशालाले बाँकेमा आर्थिक वर्ष २०७७/ ७८ र २०७८/७९ मा कुल नौ सय ४९ वटा माटोको नमूना जाँच गरेको थियो । तीमध्ये दुई सय २१ मा अम्लियपना, तीन सय ४७ मा तटस्थता र तीन सय ८१ मा क्षारीयपना देखिएको प्रयोगशालाले जनाएको छ ।

तीनमध्ये बाँकेमा सबैभन्दा धेरै ४० प्रतिशत माटोमा क्षारीयपना रहेको छ भने २३ प्रतिशत माटोमा अम्लियपना र ३७ प्रतिशत माटो तटस्थ अवस्थामा रहेको छ । बाँकेको माटोको प्राङ्गारिक पदार्थ जाँच र विश्लेषण गर्दा ९५ प्रतिशत माटोमा प्राङ्गारिक पदार्थ नरहेको पाइएको छ ।

माटोको उर्वरा शक्ति बढाउन कृषकलाई गोठेमल उत्पादनमा जोड, चुना तथा जिप्समको प्रयोग र भकारो सुधार कार्यक्रमको निरन्तरता तथा नियमित माटो जाँच गर्नेलगायतका प्रयास भइरहेको बाली संरक्षण अधिकृत शाहीले बताए ।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  १० : ३९ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय