२२ बैशाख २०८१, शनिबार | May 5, 2024

जिल्ला अस्पतालमै छैन जीवनजल



सुर्खेत । सदरमुकामको मुगु जिल्ला अस्पतालमा जीवनजलकै अभाव छ जिल्लाको एक मात्र सरकारी अस्पतालमा जीवनजल अभाव हुँदा बिरामीहरू समस्यामा परेका छन् ।

सरकारले निशुल्क वितरण गर्दै आएको जीवनजल अहिले मुगु अस्पताल अभाव छ । मुगु अस्पतालमा जीवनजलसमेत पाइन छाडेको बिरामीले गुनासो गरेका छन् । औषधि नभएकोले झाडापखाला लागेर जिल्ला अस्पतालमा पुग्ने हो भने पनि बिरामीले जीवनजल पनि नपाउने अवस्था छ ।

झाडापखालाका बिरामी उपचार गर्न अस्पताल आउँदा जीवनजल नपाउने गरेको बताउँछन । अस्पतालमा जीवनजलको अभाव हुँदा जीवनजलको लागि सरकारी अस्पतालले नजिकको औषधि पसलमा किन्न पठाउँछन् ।

झाडापाखालामा मृत्युबाट जोगाउने अचुक औषधिको रुपमा मानिने जीवनजल जिल्लाकै एक मात्र सरकारी अस्पतालमै अभाव हुँदा सम्बन्धित निकायको ध्यान जान सकेको छैन । जिल्ला अस्पताल मुगुमा जीवनजलको अभाव एक महिनादेखि रहेको नाम नबताउने सर्तमा अस्पतालमा कार्यरत एक कर्मचारीले बताए ।

‘हामी बिहानैदेखि बिरामीहरुलाई सेवा प्रदान गरिरहेका छौँ, तर उनीहरूलाई निःशुल्क रुपमा दिनुपर्ने औषधि दिन सकेका छैनौँ’, अस्पतालमा कार्यरत एक कर्मचारीले भने । कर्मचारीका अनुसार एक महिनादेखि अस्पतालमा जीवनजल अभाव भएको छ ।

किन्छुभन्दा समेत बिरामीहरुले पाएको छैन् । ‘जिल्ला अस्पतालमा जीवनजल एक महिनादेखि अभाव छ भन्छन, के हो ? ’ भन्ने  प्रश्नमा स्वास्थ्य सेवा कार्यालय मुगुका सूचना अधिकारी पसुराम नेपालीले जीवनजल अभाव भएको एक महिनादेखि नभई दुई–तीनदेखि भएको बताए ।

जिल्ला अस्पताल मुगुमा जीवनजल मात्रै होइन, नेपाल सरकारले निःशुल्क वितरण गर्दै आएको केही औषधिहरु समेत अभाव छ । राज्यबाट ७२ प्रकारभन्दा बढी औषधि निःशुल्क रुपमा उपलब्ध गराउन भनिए पनि मुगुमा ५० देखि ६० प्रकारका मात्रै औषध पाउने गरेका स्वस्थ्य सेवा कार्यालय मुगले जनाएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  १० : ४६ बजे

लुम्बिनी प्रदेशका सभामुखसहितको टोली चीन भ्रमणमा

दाङ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीसहितको टोली एकसाताका लागि

पत्रकार सुरक्षित नभई समाचारमा निष्पक्षता कायम हुनसक्दैनः कानुनमन्त्री गिरी

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले पत्रकार

धुञ्चे गोसाइँकुण्ड केबुलकार निर्माण गर्नुपर्छ : केपी ओली

रसुवा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा

बागमती प्रदेशमा नेवारी र तामाङ भाषालाई सरकारी कामकाजमा प्रयोग गरिने

हेटौडा । बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले

तिक्तता र गुटबन्दीलाई लिएर सधैं हिडिराख्नु राम्रो होइन : डा. शेखर कोइराला

कोहलपुरं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्र नै