३१ श्रावण २०८३, आइतबार | August 16, 2026

बैतडी जिप दुर्घटना : चालकसहित ४ जना घाइते, २ को अवस्था गम्भीर



बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन्। बुधबार  बिहान जिल्लाको सूर्नया ६ दुदिलाखान नजिकै जिप  दुर्घटना हुँदा  चालकसहित ४ जना घाइते  भएका हुन् ।

घाइते हुनेमा बझाङको केदारस्यु गाउँपालिका ५ का जिप चालक २० वर्षीय धनबहादुर  गुरधामी, बझाङकै बुंगल नगरपालिका  वडा नं ९ का ४५ वर्षीय नरपती पातली, ७० वर्षीया काली पातली र नरमा पातली रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोक राज जोशीले जानकारी दिए ।

उनका अनुसार बुंगल नगरपालिका वडा नं ९ की ४५ वर्षीय नरपती पातली,७० वर्षीया  काली पातलीको अवस्था गम्भीर रहेको छ । उनले भने, ‘उपचारका लागि डडेल्धुरा लगिएकाे छ । उनीहरुको अवस्था गम्भीर छ । दुई जना सामान्य छन् ।’ घाइतेलाई उपचारका लागि डडेल्धुरा पठाइएको प्रहरी प्रवक्ता जोशीले बताए ।

बुधबार बिहान बझाङबाट डडेल्धुरा जाँदै  गरेको से१च १२२६ नं को जिप जयपृथ्वी राजमार्गमा पर्ने सूर्नया-६ दुदिलाखान  नजिकै दुर्घटना परेको  हो । जिप सडकबाट करिब सय मिटर तल खसेको हो ।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  ११ : २० बजे

विदेशी उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी अनुदान आयोगलाई

काठमाडौँ । विश्वविद्यालय अनुदान आयोगले विदेशी विश्वविद्यालय वा सोसरहका शैक्षिक

उद्योग र विभिन्न केन्द्रमार्फत निगमको आफै ग्यास बेच्ने निर्णयले अभाव थप जटिल

काठमाडौं । ग्यास विक्रेता महासंघ नेपालले उद्योग र विभिन्न नामका

भारतका प्रधानसेनापति सेठ अपराह्न काठमाडौँ आउँदै

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतका प्रधानसेनापति धीरज सेठ

‘आवाराहरुको अध्यक्षलाई चाँही के भन्ने ?’ झपट रावलको ओलीलाई कडा प्रश्न

काठमाडौं । नेकपा एमालेका नेता झपट रावलले आफ्नै पार्टीका अध्यक्ष

उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

धनगढी । कैलालीका सामुदायिक वनमा खाली तथा कम उपयोग भएका