३ जेष्ठ २०८१, बिहिबार | May 16, 2024

मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस



काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ । बुधबार राष्ट्रपति भण्डारीलाई आयोगले आर्थिक वर्ष २०७८/७९ मा सम्पन्न गरेका कार्यहरूको वार्षिक पेस गरेको आयोगका सहसचिव एवं प्रवक्ता डा टीकाराम पोखरेलले बताए ।

प्रतिवेदनमा आव ७८/७९ मा आयोगमा परेका उजुरीहरू, उजुरीउपर भएका छानबिन तथा अनुसन्धान विवरण र नेपाल सरकारलाई गरिएका सिफारिस लगायतका विषय उल्लेख छन् । मानव अधिकारको संरक्षण र  सम्वर्द्धनमा देखिएका चुनौतीहरू एवम् आयोगले चाल्ने भावी कदमहरूबारे समेत प्रतिवेदनमा उल्लेख गरिएको आयोगले जनाएको छ ।

प्रतिवेदन बुझ्दै राष्ट्रपति भण्डारीले मानव अधिकार र लोकतन्त्रको अवलम्बनमा नेपाल उच्च स्थानमा रहेको बताइन् । उनले मानव अधिकार शिक्षा र संस्कृतिको विकासका लागि आयोगले शैक्षिक संस्थाहरूसँग सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिइन् ।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  ५ : ५८ बजे

मानव सेवा आश्रमको मानवीय सेवाका लागि बेलायतमा डेढ करोड सङ्कलन

काठमाडौं । मानवसेवा आश्रम सहयोगार्थ रु एक करोड ५० लाख

बाँकेमा रोकिएन नदीजन्य पदार्थको अवैध उत्खनन

नेपालगन्ज । बाँकेको राप्ती नदीमा अवैधरुपमा नदीजन्य पदार्थको उत्खनन गर्नेक्रम

यसवर्षका हज यात्रीलाई नेपालगन्जबाट विदाई, यस्तो छ हजको महत्व

नेपालगन्ज । यसवर्ष हज गर्न जाने बाँकेका हज यात्रीलाई बुधबार

राष्ट्रियसभा बैठक अपराह्न ४ः३० बजे बस्ने

काठमाडौं ।राष्ट्रियसभाको बैठक आज अपराह्न ४ः३० बजे बस्ने भएको छ