१२ बैशाख २०८१, बुधबार | April 24, 2024

आइएमईको अफर सार्वजनिक: चौध हजार पठाउँदा रू. १० लाख उपहार



काठमाडौ । आइएमईले दसैँ, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका अवसरमा ल्याएको अफरको अन्तिम नतिजा बुधबार सार्वजनिक गरेको छ ।

आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक थीममा आधारित उक्त अफरको विजेता मेखलाल तामाङ्ग बन्न सफल भएका छन् । मलेसियाबाट आइएमई मार्फत रू. १४ हजार ५० रुपैयाँ पठाउनुभएका तामाङ्गले नगद रू. १० लाख उपहार स्वरुप प्राप्त गरेका छन् ।

बुधबार काठमाडौँ पानीपोखरीस्थित आइएमईको केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रमकावीच आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र आइएमईका ब्राण्ड एम्बासडर दीपकराज गिरीले संयूक्त रूपमा सफ्टवेयर पद्वतिमा आधारित लक्की ड्र मार्फत नतिजा सार्वजनिक गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पौडेलले आइएमईले समयसमयमा ल्याउँदै आएको सेवाग्राहीमुखि अफरले नेपालमा रेमिट्यान्स आप्रवाह बढाउन महत्त्वपूर्ण भूमिका खेलेको बताए ।

आइएमई सवैको माया र विश्वास प्राप्त ब्राण्ड भएको उल्लेख गर्दै पौडेलले यो ब्राण्ड सवैसँग जोडियोस् र सवैमा अपनत्व कायम होस् भन्ने सोचेर कम्पनीलाई पब्लिकमा लैजाने प्रक्रिया शुरु भएको जानकारी गराए ।

कार्यक्रमलाई सम्बोधन गर्दै आइएमईका ब्राण्ड एम्बासडर एवम् बरिष्ठ कलाकार दीपकराज गिरीले नेपालका खासखास अप्ठ्याराहरूमा रेमिटेन्सले अर्थतन्त्र चलायमान गराएको स्मरण गरे ।

ग्रुपका प्रवक्ता राजु पौडेलले अफरको विषयमा चर्चा गर्दै बैंकिङ प्रणालीमार्फत रेमिट्यान्स आप्रवाह बढाउन यस्ता अफर अत्यन्तै प्रभावकारी रहेका बताए ।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  ८ : ५३ बजे

स्वदेश फर्किए कतारका अमिर शेख तमिम

काठमाडौं । मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल

लगानी प्रवर्द्धनका लागि अध्यादेशमार्फत कानुनको संसोधन स्वागतयोग्य : महासंघ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सरकारले लगानी प्रवर्द्धनका लागि

नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी

काठमाडौं । नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा

काठमाडौं आइपुग्यो वेस्ट इन्डिज ए टिम

काठमाडौं । वेस्ट इन्डिज ए टिम काठमाडौं आइपुगेको छ ।

नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर

काठमाडौं । नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्य गर्ने