१३ चैत्र २०८२, शुक्रबार | March 28, 2026

नेपाली आकाश हवाई उडानका लागि सुरक्षित छ : मन्त्री श्रेष्ठ



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाली आकाश हवाई उडानका लागि सुरक्षित रहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसका अवसरमा बुधबार यहाँ आयोजित एक कार्यक्रममा उनले अन्तर्राष्ट्रिय निकायले हवाई सुरक्षाका विषयमा प्रश्न उठाउनुपर्ने अवस्था नरहेको बताए । भने, “प्राधिकरणले अझ सुरक्षालाई व्यवस्थित बनाउने काम गरिरहेको छ ।”

नागरिक उड्डयन प्राधिकरणले हवाई सुरक्षाका विषयमा जिम्मेवारीपूर्वक काम गरिरहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले नेपालको हवाई उडान ‘आईकाओ’को कालोसूचीबाट हट्ने अवस्थामा पुगेको बताए ।

हवाई सुरक्षा नीतिका विषयमा सरकारले आफ्नो नीति स्पष्ट बनाएको बताउँदै उनले आईकाओले नेपालको नीति, प्राधिकरणले हवाई सुरक्षामा गरेका कामका आधारमा चाँडै कालोसूचीबाट हट्ने विश्वास व्यक्त गरे ।

उनले नेपाल वायुसेवा निगमको नेतृत्वले क्षमता विकास गर्न नसकेको बताए । सरकारले ठूलो लगानी गरेको वायुसेवा निगममा अयोग्य नेतृत्वका कारण जनताले सेवा लिनबाट वञ्चित हुने तथा विभिन्न दुःख पाउने गरेको टिप्पणीसमेत गरे ।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहिबार  ७ : ४० बजे

गृहमन्त्रीले गरे नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखसँग डेढघण्टा लामो ‘गोप्य’ छलफल

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो निर्णयकारुपमा भाद्र २३

मौसम बदली : सात मापन केन्द्रमा भारी वर्षा

काठमाडौँ । देशका धेरै ठाउँमा आज भारी वर्षा भएको छ

पोखरा महानगरले गरिब घरपरिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने

पोखरा । क्षेत्रफलका हिसाबले देशकै ठूलो पोखरा महानगरपालिकाले महानगरभित्रका अति

नागरिकसँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री

काठमाडौँ । विशेष राजनीतिक परिस्थितिका कारण यस वर्ष मुलुकमा तीन