३ चैत्र २०८२, मंगलबार | March 18, 2026

सिद्धार्थनगरले फुटपाथ अतिक्रमण हटाउँदै



भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले सडक फुटपाथ अतिक्रमण हटाउन थालेको छ । फुटपाथ अतक्रिमणले नगर कुरुप देखिएको र सर्वसाधरणलाई हिँड्डुल गर्न समस्या भएपछि नगरपालिकाको कार्यालयले अतिक्रमण हटाउन थालेको हो ।

सडक फुटपाथ अतिक्रमण हटाउनका लागि नगरपालिकाले नगर प्रहरी परिचालन गरेको छ । पहिलो पटकका लागि नगर प्रहरी दैनिक खटिएर सडक फुटपाथ अतिक्रमण नगर्न आग्रह गरिरहेका छन् ।

‘फुटपाथ अतिक्रमण गरेकालाई पहिलो पटकका लागि सचेत गराउँदैछौँ,’ सिद्धार्थनगर नगरपालिकाका नगर प्रहरी प्रमुख मनोज मल्लले भने, ‘अटेर गरेको अवस्थामा अतिक्रमण गरेर राखिएको साम्रगी नियन्त्रणमा लिने गरेका छौँ ।’

विशेषगरी व्यवसायीले बजार क्षेत्रको सडक फुटपाथ अतिक्रमण गरेका छन् । नगर प्रहरीले अतिक्रमण गरेर राखिएको साम्रगी नगरपालिकाको कार्यालय ल्याउने गरेका छन् । नगरपालिकाको कार्यालयमा आएको साम्रगी व्यवसायीले लिन आएको खण्डमा व्यवसाय दर्ता, बहाल कर, व्यवसाय नविकरण गरे/नगरेको समेत पहिचान गर्ने गरिएको छ ।

‘नियन्त्रणमा लिएको साम्रगी व्यवसायीले लिन आएको अवस्थामा सम्बन्धित व्यवसायको कागजी विवरण समेत क्रस चेक गर्ने गरेका छौँ,’ सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले भने, ‘यदि कैफियत देखिएको अवस्थामा कानुन बमोजिम प्रक्रियामा लग्ने गरेका छौँ ।’ उनले थपे- ‘सडक फुटपाथ अतिक्रमण हटाउने अभियानले सर्वसाधरणलाई सहज पनि भएको र राजश्व नबुझाएको व्यवसायीले राजश्व समेत बुझाउने थालेका छन् ।’

व्यवसाय सम्बन्धि सबै कागजपत्र दुरुस्त भएको अवस्थामा अतिक्रमण गरेर राखिएको साम्रगी नियन्त्रणको हकमा पहिलो पटकको लागि सचेत गराएर साम्रगी दिने गरिएको उनको भनाइ छ । उनका अनुसार फुटपाथ अतिक्रमण हटाउने अभियान अन्तर्गत तीन दिनमा करिब ६० हजार रुपैयाँ राजश्व समेत संकलन भएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहिबार  ७ : ५५ बजे

प्रि–मनसुन : बुधबार सामान्य, बिहीबारदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख डङ्गोल पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त

आफूलाई बदलेर छिटोछरितो र सहज रूपमा न्यायसम्पादन गर्न प्रधानन्यायाधीश राउतको निर्देशन

दाङ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले देशको बदलिँदो परिवेशमा आफूलाई बदलेर

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मिलेको

४३ करोड अपचलन भएको नेपालगन्जको सहकारी संचालनमा आउँदै

नेपालगन्ज । ५२ करोड कुल पुँजी रहेको सहकारीबाट ४३ करोड