२० मंसिर २०८२, शनिबार | December 6, 2025

नर्वेजियन काउन्सिलर सहितको टोलि खजुराको मुस्लिम र दलित बस्तीमा



खजुरा । खजुरा गाँउपालिकाको निमन्त्रणमा आएका नेपालका लागि नर्वेजियन राजदूतावासको कन्सुलर अनिला खान सहितको टोलिले गाँउपालिकाको मुस्लिम, मधेशी तथा दलित बस्तीको अवलोकन भ्रमण गरेका छन् । गाँउपालिकाका अध्यक्ष डम्बर विकको सक्रियतामा कन्सुलर खान सहितको टोली खजुरा पुगेको हो ।

टोलीले खजुरा गाउँ पालिकाका मुस्लिम, मधेशी र दलित बाहुल्यता रहेको ४ वटा वडाको अवलोकन गर्दै स्थानीयसँग प्रत्येक्ष गुनासो र समस्या समाधानका बिषयमा छलफल गरेको पालिकाका अध्यक्ष विकले जानकारी दिए । काउन्सिलर खान सहितको टोलिको भ्रमणले अन्तर्राष्ट्रियस्तरबाट पालिकाम रहेका दलित ,मुस्लिम समुदायलाई सेवा र अवस्था मजबुत बनाउन सहयोग पुग्ने विकले बताए ।

भ्रमण टोलिसमक्ष स्थानीयले शिक्षाको सन्दर्भमा मदरसाको शैक्षिक स्तर खस्किएको धार्मिक विभेद, रुढिवादी परम्परा, बेरोजगारी समस्या रहेको बताएका थिए ।

कार्यक्रम बोल्दै नर्वेजियन काउन्सिलर खानले विपन्न समुदायको समस्या समाधान गर्न स्थानीय पालिकाको समन्वयमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहिबार  १२ : २१ बजे

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय