६ जेष्ठ २०८३, बुधबार | May 20, 2026

निर्वाचनका समयमा अनलाइन सञ्चारमाध्यममाथि बढी आक्रमण भयो : अध्यक्ष विपुल पोखरेल



काठमाडौं । नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले निर्वाचनका समयमा अनलाइन सञ्चारमाध्यममाथि विभिन्न खालका आक्रमण भइरहेको र त्यसको सामना गर्न महासङ्घ तयार रहेको बताएका छन् ।

अनलाइन पत्रकार सङ्घको १५औँ स्थापना दिवस तथा ‘निर्वाचनमा के देखियो ? अनलाइन मिडिया र सामाजिक सञ्जालमा सूचना प्रवृत्ति’ विषयक अन्तक्र्रियामा बोल्दै उनले व्यावसायिक पत्रकारिताभन्दा पनि युट्युबरका कारणले अनलाइन पत्रकारलाई आक्रमण हुँदै थप चुनौती थपिएको बताए ।

अध्यक्ष पोखरेलले भने, “पछिल्लो समयमा साइबर माध्यमबाट विभिन्न आक्रमण भइरहेको छ, स्वतन्त्र पार्टी र स्वतन्त्र व्यक्तिको उदयसँगै यो चुनौती बढ्दै गएको महासङ्घलाई अनुभूति भएको छ ।”

महासङ्घका महासचिव रोशन पुरीले ठूलो लगानीका साथ अनलाइन पत्रकारितामा प्रवेश गरी पत्रकारलाई सेवासुविधा र तलबको प्रलोभनमा राख्दा दिगोरूपमा व्यावसायिक पेशागत सुरक्षा नहुने हुँदा यसबाट बच्न जरुरी रहेको धारणा राखे ।

अनलाइन पत्रकार सङ्घका अध्यक्ष डिल्लीप्रसाद सापकोटाले अनलाइन पत्रकारमा बढ्दै आएका चुनौतीमा विषयको सुरक्षा र पेशागतरूपमा सुरक्षाजस्ता विषयलाई अबका दिनमा कसरी अगाडि बढाउन सकिन्छ भनेर सोच्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा निर्वाचनमा अनलाइन मिडिया र सामाजिक सञ्जालमा प्रसारप्रचार भएको सूचना, परिवर्तित समयसँगै बढ्दै गएको अनलाइनप्रतिको आकर्षण बढ्दै गएको र नयाँ चुनौतीबारे सर्तकता, बनाउनुपर्ने रणनीतिलगायतका विषयमा छलफल भएको थियो ।ंं

निर्वाचनमा अनलाइन मिडिया र सामाजिक सञ्जालबाट हालको निर्वाचनमा मिथ्या तस्विर प्रयोग, भाषणका अंश काटेर भ्रामक बनाउने, आतङ्कित बनाउने मिथ्या सूचना, मिडिया सामग्रीमा छेडछाड गरी भ्रम फैलाउने, अपुष्ट भनाइ, मिथ्या स्क्रिनसटले फैलाएको भ्रम, मिथ्या स्क्रिनसटको लहर, मतदानअघि फैलाइएका भ्रमका बारेमा जानकारी गराइएको थियो ।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहिबार  ६ : ५८ बजे

प्राविधिक शिक्षामा युवाको आकर्षण बढाउन ‘लुम्बिनी सीप च्याम्पियनसिप २०८३’ आयोजना हुँदै

बुटवल । युवामा प्राविधिक शिक्षा, सीप विकास तथा रोजगारीमुखी तालिमप्रति

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

काठमाडौं । गणितज्ञ तथा डेटा (तथ्याङ्क) वैज्ञानिक क्लाइभ हम्बीले सन्

सरकार र अधिकारकर्मी रूबी खानबीच पाँचबुँदे सहमति, २३ औँ दिनमा अनशन तोडियो

काठमाडौं । अधिकारकर्मी रूबी खान र सरकारका प्रतिनिधिबीच मङ्गलबार पाँचबुँदे

सरकारलाई जवाफदेही बनाउन निलम्बन हुन पनि तयार छौँ : हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका संसदीइ दलका नेता हर्क साम्पाले

सैतिस थान राहदानीसहित श्रेष्ठ नियन्त्रणमा

काठमाडौँ । प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ३७ थान राहदानीसहित एक