१५ बैशाख २०८३, मंगलबार | April 28, 2026

विश्वकप फुटबल-२०२२ : आजदेखि क्वाटरफाइनल सुरु हुँदै, पहिलो खेल ब्राजिल र क्रोएसियाबीच



काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज (शुक्रबार) देखि क्वाटरफाइनलका खेल सुरु हुँदैछन् ।

क्वाटरफाइनलको आज हुने पहिलो खेलमा ब्राजिलले साविक उपविजेता क्रोएसियाको सामना गर्दैछ । कतारको एजुकेसन सिटी रंगशालामा हुने खेल नेपाली समयअनुसार राति ८ः४५ बजेदेखि सुरु हुनेछ ।

विश्वकपमा ब्राजिलले अन्तिम-१६ को खेलमा दक्षिण कोरियाको चुनौती ४-१ ले पन्छाएको थियो । यता, क्रोएसियाले भने प्रिक्वार्टरफाइनलमा अर्को एसियन राष्ट्र जापानलाई पेनाल्टी सुटआउटमा ३-१ ले हराएको थियो ।

आजै हुने दोस्रो क्वार्टरफाइनल खेलमा अर्जेन्टिनाले नेदरल्यान्ड्सविरुद्ध खेल्दै छ । कतारको लुसैल रंगशालमा हुने यो खेल राति १२ः४५ बजेदेखि सुरु हुनेछ ।

अर्जेन्टिनाले अन्तिम-१६ को खेलमा अस्ट्रेलियालाई २-१ ले पराजित गरेको थियो । यस्तै, नेदरल्यान्ड्सले भने अमेरिकालाई ३-१ ले पराजित गरेको थियो ।

क्वाटरफाइनलका अन्य दुई खेल शनिबार हुनेछन् । शनिबारको पहिलो खेलमा फ्रान्स र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । क्वाटरफाइनलको अन्तिम खेलमा शनिबार मोरक्को र पोर्चुगलबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  ७ : ५१ बजे

गर्मी बढेसँगै शुक्लाफाँटामा सुक्न थाले ताल

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रका अधिकांश ताल सुक्न थालेपछि

पर्यटक बसका लागि बसपार्क नहुँदा समस्या

काठमाडौं । सार्वजनिक सवारीसाधन सञ्चालनका लागि गोँगबुस्थित नयाँबसपार्क सञ्चालनमा रहे

वीरगञ्ज नाका हुँदै तीन अर्बको विद्युतीय सवारीसाधन आयात

वीरगञ्ज । चालु आर्थिक वर्षको नौ महिनामा वीरगञ्ज नाका हुँदै

बागलुङ नगर अस्पताल भवन निर्माणको काम अलपत्र

बागलुङ । बागलुङ नगर अस्पताल भवन निर्माणको काम अलपत्र परेको

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि आवेदन खुला

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्ड (सेबोन)को रिक्त अध्यक्ष