७ आश्विन २०८३, बुधबार | September 23, 2026

बेलायतमा अमेरिकी कुटनीतिज्ञकी पत्नीलाई ८ महिना जेल सजाय



लन्डन । लन्डनको अदालतले कूटनीतिज्ञकी श्रीमती एनी सकुलासलाई लापरवाही ड्राइभिङ गरेको आरोपमा आठ महिनाको जेल सजाय सुनाएको छ । सन् २०१९ को अगस्टमा भएको दुर्घटनामा एक किशोरीको मृत्यु भएको थियो । १९ वर्षीय ह्यारी डनको मोटरसाइकललाई सकुलासको कारले ठक्कर दिए पछि डनको मृत्यु भयो ।

उनी संयुक्त राज्यबाट एक लिङ्क मार्फत सुनुवाईको लागि उपस्थित भएकी थिइन । यसैबीच, े देशको हितलाई जोखिममा पार्न सक्ने भन्दै आफूलाई अमेरिकी सरकारले व्यक्तिगत रूपमा सुनुवाइमा उपस्थित नहुन सल्लाह दिएको साकुलासका वकिलले अदालतलाई बताएकी छिन् ।

न्यायाधीश बुबी चीमा–ग्रबले अदालतमा उनका वकिलहरूको बयान पढेर सुनाइन् । यसमा भनिएको छ, ‘अमेरिकी सरकारले श्रीमती साकुलासलाई यस सुनुवाइमा व्यक्तिगत रूपमा उपस्थित हुन कुनै पनि हिसाबले समर्थन गर्दैन । वास्तवमा, श्रीमती सकुलासको अमेरिकी सरकारी नियोक्ताले उनलाई उपस्थित नहुन सल्लाह दिएका छन् ।’

किशोरीको मोटरसाइकललाई उनको कारले ठक्कर दिँदा सकुलासले सडकको गलत साइडबाट गाडी चलाएको स्वीकार गरे। उनले गलत साइडमा गाडी चलाएको अभियोजकले बताए । एजेन्सी

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  ११ : ४० बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज