२ पुस २०८२, बुधबार | December 18, 2025

माओवादी केन्द्रले पठायो १४ समानुपातिक सांसदको नाम (नामावलीसहित)



काठमाडौँ । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको समानुपातिकतर्फ १४ सांसदको नाम निर्वाचन आयोगमा पठाएको छ । माओवादीको आज बसेको पदाधिकारीको बैठकले विभिन्न क्लस्टरबाट १४ जनाको नाम शनिबार निर्वाचन आयोगमा पेस गरेको माओवादीले जनाएको छ ।

माओवादी केन्द्रले पठाउको सूचीमा खसआर्य पुरुषमा हितराज पाण्डे, महिलातर्फ विमला सुवेदी, ज्ञानु बस्नेत सुवेदी र नारायणी शर्मा परेका छन् ।

त्यस्तै आदिवासी जनाजति महिलामा दुर्गा राई, मिना तामाङ, उर्मिला माझी पौडेल र छिरिङ ल्यामु लामा तामाङको नाम आयोगमा बुझाइएको सूचीमा परेका छन् ।

माओवादीले मधेसी महिला मिना यादव र उमरावती देवी यादव, दलित पुरुषमा रणेन्द्र बराली, महिलातर्फ सुशीला श्रीपाली ठकुरीको नाम सिफारिस गरेको छ भने थारु महिलातर्फ रुपा सोसी चौधरीको नाम आयोगमा पठाएको छ । माओवादीबाट मुस्लिम महिलामा कल्पना मियाँ समानुपातिक सांसदमा परेकी छन् ।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  ५ : २३ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल