१ असार २०८३, सोमबार | June 15, 2026

रुपन्देही लनटेनिस संघको अध्यक्षमा गोपाल ज्ञवाली



बुटवल । गोपाल प्रसाद ज्ञवालीको अध्यक्षतामा आठ सदस्यीय नया नेतृत्व चयन गर्दै रुपन्देही लनटेनिस संघको दोस्रो साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न अधिवेसनबाट संघको उपाध्यक्षमा डा. मनोज ढुंगाना, सचिव सबिर मिया, कोषाध्यक्ष विष्णु प्रसाद चापागाईं, सदस्यहरुमा मनोज नेपाल, डा. टिकाराम घिमिरे, लक्ष्मी पौडेल अर्याल, सोम राना सर्वसम्मत चयन भएका हुन।

नवनिर्वाचित अध्यक्ष ज्ञवालीले रुपन्देही खेलकुदको हब बन्दै गएको भन्दै यसलाई थप टेवा दिने गरि पुर्वाधार विकास र प्रतियोगितामा जोड दिने प्रतिवद्धता व्यक्त गरे । खेलप्रेमी, तीन तहकै सरकारको सहयोगमा राष्ट्रियस्तरको खेलमैदान तयार भएको भन्दै आगामी दिनहरुमा खेल मैदानलाई अझै सुबिधा सम्पन्न बनाइने बताए।

साधारणसभा तथा अधिवेशनको एक समारोहका बीच नेपाल ओलम्पिक कमिटिका सदस्य तथा अखिल नेपाल फुटबल संघका केन्द्रीय उपाध्यक्ष दीर्घ बहादुर केसी (कुमार) ले उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै उनले छोटोसमयमा लनटेनिस खेलबाट रुपन्देही देशमा नै चिनाउन सफल भएको बताए। उमेर समुहको राष्ट्रिय खेलाडी उत्पादन गर्ने गरि पुर्वाधार र प्रशिक्षणलाई निरन्तरता दिन सके खेलको भविष्य उज्वल रहेको उनले बताए। रुपन्देहीमा एउटा सुविधासम्पन्न रंगशाला खड्किएको भन्दै यो निर्माणमा सबैको हातेमालो जरुरी रहेको उनले बताए।

कार्यक्रममा संघका अध्यक्ष सन्जय प्रकाश श्रेष्ठले आफ्नो ३ वर्षे प्रगति विवरण पेश गर्दै वर्षभरि गरिएका खेलकुद गतिविधि तथा पुर्वाधार निर्माणका बारे प्रकाश पारे।विश्वभर नै कोभिड संक्रमणको कारण प्रभावित भएको बेला पनि आफ्नो कार्यकालमा २ वटा राष्ट्रिय प्रतियोगिता गर्न सफल भएको तथा जुनियर लेभलको धेरै प्रतियोगितामा रुपन्देहीका खेलाडीहरुले पदक जित्न सफल भएको उनले बताए। हाल ४ वटा कोर्टलाई थपेर ६ वटा कोर्ट निर्माण गर्न सके अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न सकिने सम्भावना रहेको उनले बताए।

कार्यक्रममा संघका अध्यक्ष सन्जय श्रेष्ठले नवनिर्वाचित अध्यक्ष ज्ञवालीलाई माईन्युट हस्तान्तरण गरेका थिए ।

रुपन्देहीबाट नेपालको जुनियर लनटेनिसको राष्ट्रिय रेकिङमा विजेश अर्याल, निश्चल ज्ञवाली, संघर्ष फौज्दार, निर्जल टण्डन लगायतका आधा दर्जन बढि खेलाडीहरु उत्पादन भएको प्रशिक्षक विकास खड्काले बताएका थिए । कोर्टमा दुई दर्जन बढि उमेर समुहका खेलाडीहरु प्रशिक्षण लिदै आएका छन्।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  ९ : ५८ बजे

कार्यदलको सुझावअनुसार एमाले पुनर्गठन हुने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले पार्टी

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौँ । चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र

लुम्बिनी चेम्बरको प्रतिक्रिया : निजी क्षेत्रलाइ अपेक्षित बजेट आएन

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का

लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक (पूर्णपाठ)

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८/०८४ का

अधिकमास समाप्त

काठमाडौँ । गत जेठ ३ गतेदेखि सुरु भएको अधिकमास आजदेखि